Goraksha

National Daily

एसइईमा उत्कृष्ट नतिजा ल्याएपछि शिक्षक,अभिभाबकले गरे खुसी साटासाट

दाङ,२२ असार । घोराही उपमहानगरपालिका वडा नं. ७ मा रहेको माध्यमिक बिद्यालय सौडियारले आफ्नो शैक्षिक सुधारलाई प्रमुख मिसन बनाएर अघि बढाएपछि केही सुधारको संकेत देखिएको छ ।

बजेट, स्रोत साधन, शिक्षक दरबन्दी, यातायातको सेवालगायतका सबै हिसाबले घोराहीका ठुला र नमुना भनिने बिद्यालयको एसइई नतिजा कमजोर बनेको समयमा मावि सौडियारले भने सुधार गनृ सफल भएको छ । ग्रामीण क्षेत्रमा सिमित, स्रोत साधनको बलियो रुपमा प्रयोग गरेर उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।

विद्यालयबाट २०८१ को एसईइमा सहभागी ७२ जना विद्यार्थीमध्ये ४४ जनाले पास गरेका छन् । राष्टिय मापदण्ड अनुसार यो घोराही उपमहानगरको नतिजा सुधार्नेभित्र तेस्रो सामुदायिक बिद्यालय पर्दछ । गएको बर्ष १५ प्रतिशत नतिजा रहेको यो बिद्यालयले अहिले नतिजा सुधार गरेर ६१ प्रतिशत पुर्याएको छ । उक्त बिद्यालयले होस्टेल राखेर बिद्यार्थी पढाएको थियो ।

त्यस्तै घोराही ६ माबि जजरागाउँको एसईइको नतिजामा घोराही उपमहानगरमा पहिलो बनेको छ । मापदण्ड अनुसार माबि जजरागाउँबाट ५१ जनामा ४३ पास अर्थात ८४.३ प्रतिशत हुन आउछ । त्यस्तै घोराही १४ कै शुभ प्रभात माबि घोराहीबाट ६४ जनामा ४१ जना पास अर्थात ६४.१ प्रतिशत हुन आउछ।

यसैबिच माबि सौडियार विद्यालयले बिब्यस, शिक्षक अभिभाबक संघ, शिक्षक, पूर्ब बिद्यार्थी, अभिभाबकको प्रयासमा एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएपछि खुसी साटासाट गरेका छन्। यस विद्यालयमा विद्यार्थी घटेका कारण नतिजा सुधार गरेर आफ्नो बिश्वास बढाउने तयारीमा बिद्यालय रहेको छ ।

बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वली, सहायक प्रधानाध्यापक दामोदर पाण्डेको अगुवाइ र बिब्यस, शिक्षक अभिभाबक संघको सहयोगमा एसईइको नतिजा सुधार गरिएको हो । २०८२ मा कक्षा १० मा ५३ जना बिद्यार्थीले भर्ना भई अध्ययनरत छन । सामुहिक सक्रियताले विद्यालयको भौतिक मात्र नभएर शैक्षिकस्तरमा समेत उत्कृष्ट सुधार आएपछि विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक र अभिभावकले खुसी साटासाट गरेको हो ।

कार्यक्रमबीच उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिनुका साथै सामाजिक विषयमा सत प्रतिशत नतिजा ल्याउन सफल सामाजिक शिक्षक विष्णुराज चौधरी र छात्रवासको समयमा अहोरात्र खटिनु हुने शिक्षक सीता डिसी र शिक्षक सुलोचना ज्ञवालीलाई सम्मान गरेको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइृको अध्यक्षता तथा घोराही ७ का वडा सदस्य यमकला पुनको प्रमुख आतिथ्यतामा भएको थियो ।