गोरक्ष समाचारदाता
दाङ, २१ असार । भिक्टोरिया इन्टरनेसनल कलेजका विद्यार्थीले विजनेस प्लान बनाएका छन् । बिबिए सातौँ सेमेस्टरका विद्यार्थीले विजनेस प्लान बनाएका हुन् ।
कलेजमा अध्ययनरत विद्यार्थीले विजनेस प्लान बनाएर प्रस्तुत गर्न थालेको यो तेस्रो व्याच रहेको कलेजले जनाएको छ । विद्यार्थीले बनाएको सामूहिक विजनेस प्लान कार्यक्रममा प्रस्तुत गरेका छन् । शुक्रवार विद्यालयले आयोजना गरेको विजनेस प्लान मेगा कम्पिटिसनमा विद्यार्थीले आआप्mनो समूहले बनाएको विजनेस प्लान प्रस्तुत गरेका थिए ।
उनीहरूले आफूले गर्ने व्यवसाय, सम्भावना, सञ्चालन गर्नुको उद्देश्य, फाइदा, बजारको सम्भावनालगायतका विषयमा प्रस्तुति राखेका थिए । प्रस्तुत गरिएका विजनेस प्लानमध्ये उत्कृष्ट छनोट गरिने भएको छ ।
विद्यार्थीले विजनेस प्लामा बौद्धिकता, सिर्जनशिलता, दृष्टिकोण र योजना समावेश गरेको कलेजले जनाएको छ । विद्यालयले विद्यार्थीलाई व्यावहारिक सिकाइ ज्ञान सिकाउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गदै आएको कलेजले जनाएको छ ।
कार्यक्रम गोरखा गु्रपका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षता तथा सिओ नवल जिएमको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमबारे जानकारी कार्यक्रम संयोजक विवेक पाण्डेले गराएका थिए । विद्यालयका शिक्षक केबी चौधरीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिलु खत्रीले गरेकी थिइन् ।