खगराज न्यौपाने
घर निर्माण ढुंगाले पर्खाल पनि बन्द छन् ।
छानो पनि त ढुंगाको अनन्त साल चल्दछन् ।
१
ढुंगामा दिन्छ आकार जानेका शिल्पकारले
ठोकठाक गरे साच्चै ईशको रुप देखिने ।
२
शालिग्राम भनी ढुंगा हिन्दु समाज पुज्दछ ।
नेपालमै त पाइन्छन्, ती काली गण्डकी तट ।
३
ईशको बास लाखौँको निर्माण गर्छ मानिस ।
आफ्नो बास त झोपडी छैन उसको अझै तक ।
४
मनुष्यले गरे पूजा साँझ बिहान आरती ।
नैवेद्य पनि अर्पन्छन् बस्त्राभूषण झन् कति ।
५
तर ईश्वरको रुप देखेको छैन मानिस ।
पुर्खादेखि चलेको यो संस्कृति भन्छ मानव ।
६
सोधौ खोजौँ विचारेर अन्वेषण पुरै गरौँ ।
दृश्य अदृश्य कस्ता छन् यिनको रुप नै चिनौँ ।