कविता : अस्थित्व !
श्रीराम दहित
रुचि अनि क्षमता अनुसारको कर्तव्य खै हाम्रो ।
प्रयोग बिहिन इन्जिन झैँ खिया लाग्दै छ नराम्रो ।
मानव जीवनको कथा सुरु भयो अनि अन्त्य कहाँ ।
सुरदुर्लभ मानव काया अस्थित्व बिहिन छ यहाँ ।
प्रत्येक पल जल्ने जलाउनेहरुको कमि छैन गाउँ शहर ।
मानव अस्थित्व जोगाउँदै शान्ति समृद्धि हाम्रो हुनुपर्छ रहर ।
ओठे भाव अनि भक्ति गर्नेको भिड बढ्दै संसार ।
सत्य– तथ्य उडाउँदै मानव जीवन सधैं छ अन्धकार ।
चिता सम्म जानु अघि सदुपयोग गरौँ अमुल्य शक्ति ।
टुक्रिएको मन–मुटु जोड्दै संचित गर्न गरौँ है भक्ति ।
कसैले जीवनलाई गीत गायो त कसैले बनायो कथा ।
मानव अस्थित्व जोगाइ राख्न प्राणी मात्रको बुझौं व्याथा ।
जीवनलाई फुलको उपमा दिदै पुजामा चढाउन मिल्ने बनाऔं ।
काम क्रोध अहंकार मोह घमण्ड प्रगति बाधक तप गरि घटाऔं ।
अनावश्यक शक्ति क्षय शारीरिक मानसिक रूपमा हुँदै ।
शक्तिविहीन महसुस गर्दै भौंतारिदै छ मानव सधैं रुँदै ।
संसार चलाउने अदभूत उर्जाको खानी हाम्रो मानव चोला ।
कस्तुरीले बिणा खोज्दै हिँडे झैँ स्वयंको शक्ति बुझ्ने कहिले होला ।
वीर नेपाली पहिचान हाम्रो विजयी सधैंको उपहार ।
शक्ति संचित सदुपयोग नगर्दा पराजित देख्छौं संसार ।
कोपिला हो जीवन नझारी सधैं फक्रिन दिऔं ।
आँसु अनि पासो होइन जीवन खुल्ला पंछि झैँ खेलौं ।
