हाइलाइट बोर्डिङ स्कुलद्वारा एसईई उत्तिर्ण विद्यार्थीलाई बधाई एवं सम्मान
दाङ,१८ असार । घोराही उपमहानगरपालिका–५ बसन्तापुरमा रहेको हाइलाइट इङ्लिस बार्डिङ स्कुलले एसईई परीक्षामा पास हुने विद्यार्थीलाई बधाई एवं सम्मान गरेको छ ।
स्कुलले बुधवार एक कार्यक्रमको आयोजना गरेर २०८१ सालको एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याएर पास हुन सफल विद्यार्थीलाई बधाई एवं सम्मान गरेको हो । विद्यालयबाट एसईई परीक्षामा सहभागी २७ जना विद्यार्थीमध्ये सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको हो । जसमा आठ जनाले ए प्लस, १८ जनाले ए र एक जनाले बी प्लस ग्रेड अंक प्राप्त गर्दै पास हुन सफल भएका छन ।
उत्कृष्ठ अंक प्राप्त गर्दै एसईई पास गर्न सफल विद्यार्थीलाई विद्यालयले अविर टिका र खादा लगाएर उज्जवल भविष्यको शुभकामना व्यक्त गरेको हो । साथै त्यस अवसरमा एसईई पढाउने शिक्षकलाई समेत सम्मान गरिएको थियो ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष रिसमान चौधरी, हाइलाइट इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल कुमार नेपाली, भ्वाइस प्रिन्सीपल ऋषिराज गिरी, स्कुलका शिक्षक भानुभक्त बस्नेत, राप्ती इन्जिनियरिङ कलेजका प्रवन्ध निर्देशक डा भिमसेन गिरी, सिद्धार्थ एकेडेमीका प्रिन्सीपल तारा पौडेल, शारदा भण्डारी खड्का, जनज्योती विद्यामन्दिरका कोर्डिनेटर राजसिंह जोरा, पिताम्वर शाह, हाइलाइट बोर्डिङ स्कुल व्यवस्थापन समितिका सदस्य डम्वर सार्की, सीता गिरी, मदन केसी, निमा वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्जालन शिक्षक रोशन महराले गरेका थिए ।
