दाङ,१७ असार । पहल नेपालले दाङको नाट्य परम्परालाई समृद्ध र विस्तारित गर्न योगदान पु¥याउने १२ अग्रज नाट्यकर्मी तथा स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।
सम्मानित हुने नाट्यकर्मी तथा स्रष्टाहरुमा नारायणप्रसाद शर्मा, एकराज शर्मा, कमलापति बस्याल, टिकाराम रेग्मी, उत्तमकृष्ण मजगैयाँ, गोबिन्दराज श्रेष्ठ, कृष्णा गौतम लम्साल, विश्वमाया गौतम भण्डारी, पुरुषोत्तम खनाल, रामदुलारे गुप्ता, मिठ्ठु श्रेष्ठ (विल्सन) र इन्द्रबहादुर श्रेष्ठ हुनुहुन्छ ।
असार २८ र २९ गते दाङको घोराहीमा हुने नाट्य सङ्गोष्ठीमासम्मान गरिने पहल नेपालका अध्यक्ष एवं नाट्य सङ्गोष्ठीका संयोजक केएल बुढाथोकीले जानकारी दिएका छन् ।
नाट्य विधाको विकास र विस्तारमा योगदान पु¥याउने, नाटक मार्फत नेपाली कला, संस्कृति, भाषा, साहित्य, पर्यटन र राष्ट्रियता प्रवद्र्धनमा योगदान पु¥याउने, दाङको नाट्य परम्पराको अध्ययन÷अनुसन्धान गर्ने र नयाँ पुस्तालाई नाटक लेखन र मञ्चन कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले दाङमा पहिलोपटक नाट्य सङ्गोष्ठी आयोजना गरिएको हो ।
संगोष्ठीमा नाट्य प्रदर्शन, कार्यपत्र प्रस्तुति, नाट्य संवाद , स्रष्टा सम्मान कार्यक्रमहरु राखिएको संयोजक बुढाथोकीले बताएका छन् ।