घोराही,१७ असार । ब्लड बैंकमा रगतको अभाव हुन नदिन दाङको घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन एरिया नं. २ को आयोजना तथा लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीको व्यवस्थापन एवं रेडक्रस सोसाइटी घोराहीको प्राविधिक सहयोगमा मंगलबार रक्तदान कार्यक्रम गरिएको हो ।
त्यसअवसरमा ३१ जनाले रक्तदान गरेका छन् । रक्तदान नै जीवन दान भन्ने मूल उद्देश्यका साथ डा. मेलिना हमाल, डा. लोकराज पराजुली, वसन्तप्रसाद रिजाल, भिमा पुन, गेहेन्द्रबहादुर बस्नेत, देवेन्द्र गिरी, श्रीधर पोख्रेल, अस्मिता पुनमगर, खिमबहादुर सुनार, सुस्मिता रोका मगर, प्रतिमा रोका मगर, अश्मी रोका मगर, सपना घर्ती मगर, लक्ष्मी दशौदी, समीर केसी, चिरञ्जीवी गिरी, भूमिका केसी, सन्दीप रेग्मी, सागर पुन मगर, उत्सब रोका मगर, दर्शन थापा, रेखा बिक, विपना भुषाल, निशा नेपाली, निशा चौधरीलगायतले रक्तदान गरेका हुन ।
एरिया चिफ मधुसूदन वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले सिंगो समाज परिवर्तन र सबैको सुःख र खुशीका लागि आफूले सकेको सहयोग गर्न तयार रहेको बताए । लायन्स क्बलले गरेको यो रक्तदान कार्यक्रम निकै महत्त्वपूर्ण भएको कुरामा जोड दिँदै नगरप्रमुख चौधरीले जिल्लामा भएका अस्पतालहरुमा बिरामीलाई चाहिने रगत अभाव हुन नदिका लागि यस्ता कार्यक्रमले सहयोग गर्ने बताएका थिए ।
रक्तदान आफैमा राम्रो पक्ष भएको हुँदा रगत दिदैना मान्छे कमजोर नभएर झनै स्वस्थ र बलियो हुने भएकोले रक्तदान कार्यमा हरेक नागरिक जोडिएनुपर्ने बताएका थिए । सिनेर डिष्ट्रिक एक्जुकेटिभ एमजिएफ लाइन लवसिंह अधिकारीले लाइन्स क्लब कार्यकाल एक वर्षको हुने भन्दै यो लाइन्स क्लबमा विश्वभर करिब १५ लाख र नेपाल झन्डै ५० हजार मानिसहरु आवद्ध भएको बताए । रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेले उमेर र तौल अनुसार रक्तदान गर्न मिल्ने भन्दै हरेक स्वस्थनागरिकले रक्तदान गर्न सक्ने बताएका थिए ।
रक्तदान कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ चिफ लाइन डा.भीमसेन गिरी, डिष्ट्रिक चिफ दिप्ती राना, जोन चेयर पर्सन शरद अधिकारी, जोन चेयर पर्सन चन्द्रप्रकाश खनाल, रिजन चेयर पर्सन पृथ्वी कवँर, लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीका अध्यक्ष डा. प्रकाश सुवेदी लगायत लाइन्स क्लबका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीका प्रथम उपाध्यक्ष गेहेन्द्रबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष वसन्तप्रसाद रिजालले गरेका थिए ।