शरद रेग्मी
दाङ,१६ असार । रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै दाङका नागरिकले हस्ताक्षर गरेका छन ।
शनिबारदेखि सुरु भएको हस्ताक्षर अभियानमा दाङका सर्बसाधारणसहित उद्योगी, व्यवसायी, चिकित्सक,वकिल,पत्रकार,किसान र विद्यार्थीले हस्ताक्षर गरेका छन । उनीहरुले रवि लामिछानेमाथि ठुला दलका नेताले सिण्डिकेट र प्रतिशोध साधेर जेलभित्र हालेको भन्दै त्यसको बिरुद्धमा हस्ताक्षर अभियानमा सहभागीता जनाएका हुन ।
अहिलेसम्म सबैभन्दा बढी विद्यालयमा अध्ययनरत विद्यार्थीले हस्ताक्षर गरेका छन् । सोमबार साझसम्म दाङमा करिब पन्ध्र हजार जनताले हस्ताक्षर गरेको राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरका नेता जीवन भण्डारिले जानकारी दिएका छन् ।
दाङको तुलसीपुर,घोराही,लमहि,भालुवाङ बजारका चोक चोकमा रास्वपाले हस्ताक्षर अभियान सुरु गरेको छ । यो अभियान अझै केहिदिन सञ्चालन गर्ने रास्वपा दाङले जनाएको छ ।