दंगीशरणमा प्लम्बिङ तालिम

गोरक्ष समाचारदाता
दंगीशरण, १४ असार । दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित एकमहिने प्लम्बिङ तालिमको समापन गरिएको छ ।
दंगीशरण गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार एकमहिने सिपमूलक प्लम्बिङ तालिमको आयोजना गरिएको महिला बालबालिका शाखा प्रमुख सुनकुमारी घर्तीले जानकारी दिइन् ।

गाउँपालिकाले आफ्नै स्थानीय तहमा युवायुवतीलाई सिप प्रदान गरी स्वरोजगार बनाउन सिपमूलक तालिमलाई बढवा दिँदै आएको छ । कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समय गाउँघरमा सिप सिकेका जनशक्तिको अभाव रहेकाले सिपमूलक तालिमले आयआर्जन तथा स्वरोजगारसँग जोड्ने भूमिका खेल्ने बताए ।
समापन अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तालिममा सिकेको सिपलाइ व्यवहारमा लागु गर्नसके तालिमको औचित्य सावित हुने बताइन् । तालिमको प्रशिक्षकमा गणेश भण्डारी रहेका थिए ।

समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष खड्काको अध्यक्षता गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिष्ट आतिथ्यतामा भएको थियो ।