राप्ती मोर्डनमा विज्ञान र व्यवस्थापन पढाइ हुने

गोरक्ष समाचारदाता
दाङ, १४ असार । राप्ती मोर्डन एकेडेमीले प्लस टु साइन्स तथा म्यानेजमेन्ट कार्यक्रम शुभारम्भ गर्न भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिइएको हो ।

राप्ती इञ्जिनियरिङ कलेजको व्यवस्थापनमा स्थापना गरिएको राप्ती मोर्डन एकेडेमीले यस वर्ष देखि प्लस टु सञ्चालन गर्न थालेको हो । वि.स. २०५३ सालमा स्थापना भई २०७३ सालदेखि माध्यामिक तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको यस एकेडेमीले शैक्षिक सत्र २०८२ देखि प्लस टु साइन्स तथा म्यानेजमेन्ट कार्यक्रम सुरु गरेको रेशम गिरी जानकारी दिए ।

एकेडेमीले गुणस्तरीय शिक्षा, जिम्मेवार भविष्य भन्ने मूल मन्त्रका साथ दक्ष, जिम्मेवार र प्रतिस्पधी जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्लस टु तहको विज्ञान र व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

पठनपाठनमा अनुभवी तथा दक्ष शिक्षकहरूको सहभागिता हुनेछ भने आधुनिक प्रविधिको प्रयोग, स्मार्ट कक्षाको व्यवस्था, अत्याधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय, ई–लाइब्रेरी, स्वच्छ र हरियाली वातावरण, खेलकुद र अतिरिक्त क्रियाकलापमा विद्याथीको समग्र विकासमा सुनिश्चित गरिने गिरीले बताए ।

दीर्घकालीन योजना अन्तर्गत यस एकेडेमीबाट प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई राप्ती इञ्जिनियरिङ कलेजमा सञ्चालित विई सिभिल, विई कम्प्यूटर, विसिए र विविए कार्यक्रममा सहुलियतमा भर्ना गरी अध्ययन गराइने जानकारी दिइएको छ ।

एसइईमा उत्कृष्ट ग्रेड ल्याउने, जेहेन्दार र आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको बताइएको छ । पत्रकार सम्मेलन एकेडेमीका प्रवन्ध निर्देशक डा भिमसेन गिरीको अध्यक्षतामा भएको थियो ।