बाको अनुहारपैसाबाट के मिल्दैन ?

एकराज शर्मा अधिकारी

पैसाबाट सुख मिल्छ शान्ति मिल्दैन ।
पैसाबाट साथी मिल्छ मित्र मिल्दैन ।।
पैसाबाट नोकर मिल्छ सेवक मिल्दैन ।
पैसाबाट ओछ्यान मिल्छ निन्द्रा मिल्दैन ।।

पैसाबाट सान मिल्छ मान मिल्दैन ।
पैसाबाट गुरु मिल्छ सत्गुरु मिल्दैन ।।
पैसाबाट पुस्तक मिल्छ शिक्षा मिल्दैन ।
पैसाबाट चित्र मिल्छ चरित्र मिल्दैन ।।

पैसाबाट मुर्ति मिल्छ ईश्वर मिल्दैन ।
पैसाबाट भोजन मिल्छ भोग मिल्दैन ।।
पैसाबाट कलम मिल्छ सिर्जना मिल्दैन ।
पैसाबाट श्रृंगार मिल्छ रुप मिल्दैन ।।
पैसाबाट अस्वर्य मिल्छ ईश्वर मिल्दैन ।