हेमराज शर्मा
दाङ, १३ असार । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसका अवसरमा आज शुक्रबार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थाको १८ ओै स्थापना दिवसको अवसर पारेर घोराही उपमहानगरपालिका वडा न ६ मा रहेको जनकल्याण प्रावि लखवार दाङका अध्ययनरत ३५ जना विद्यार्थीलाई १र१ जोर विद्यालय पोसाक र ३६ जनालाई कापी वितरण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत गरिव विपन्न विद्यार्थीलाई शिक्षा आर्जनमा सानो भएपनि सहयोग पुगोस भन्ने उदेश्यले विद्यालय पोसाक र कापी वितरण गरिएको सस्थाका अध्यक्ष माधव खनालले जानकारी दिनुभयो ।
बचत तथा ऋण सहकारीले आर्थिकसंगै सामाजिक विकासमा पनि काम गर्नुपर्छ भन्ने सोचसहित शिक्षा क्षेत्रमा विशेष जोड दिईएको संस्थाका अध्यक्ष खनालको भनाईछ । संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्ने बक्ताहरूले कलश सहकारी जिल्ला मै उत्कृष्ट हुनुका साथै सामाजिक कार्यक्रममा समेत उल्लेख्य काम गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उप महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुराम आचार्यले कलशले शिक्षासंगै सामाजिक,धार्मिक तथा मानव सेवामा सक्रियता देखाएको भन्दै आफ्नो वडाका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।
संस्थाका उपाध्यक्ष चन्द्रावती पौडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा दाङ जिल्ला वचत संघका अध्यक्ष विमल कुमार अधिकारी,सहकारी तथा रोजगार प्रवर्द्धन शाखा घोराहीका प्रमुख प्रेम केसी,विद्यालयका प्रधानाध्यापक शिवराज वली,संस्थाका प्रेस सल्लाहकार हेमराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गर्नुभएको थियो ।
कलश सहकारीले यसअघि प्रावि घोरदौरा,आधारभूत विद्यालय गिठेपानी,प्रावि कर्जाही,मावि जजरागाँउ र गुरूकुल चौघेरामा अक्ष्यकोष समेत स्थापना गरेको छ । सो अक्ष्यकोषको रकमबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण हुँदै आएको छ । स्थापना दिवसका अवसर पारेर कलश सहकारीले भोलि शनिबार घोराहीमा बृहत रक्तदान कार्यक्रम गर्ने कार्यक्रम तय गरेको अध्यक्ष खनालले जानकारी दिनुभएको छ ।