किसान सधै किन निराश ?

युवराज शर्मा

नेपालको आर्थिक स्रोत नै खेतीपाती र पशुपालन हो । यो पेसा परम्परादेखि गाउँघरमा चल्दै आएको छ तर अहिले विदेशी रोजगारतर्फ युवाहरुको आकर्षण बढेको छ । यस्तो झुकाव युवा वर्गमा बस्नुको एउटै कारण हो । कृषि व्यवसायतर्फ सरकारको गहिरोसँग ध्यान नजानु । यसको प्रभाव गाउँघरमा परेको छ र युवाहरुले पढाइ छोडेर विदेशतिर गइरहेका छन् । आफ्ना खेतबारी बाँझो बनाएका छन् र छरछिमेकको जग्गा जमिन पनि बाँझै बनाइरहेका छन् । यसले देशको खाद्य समस्या बढेको छ भने नेपालको स्रोत पनि घटिरहेको छ ।

नेपालमा खेतीपाती गरेर बस्दा आर्थिक र सामाजिक विकास हुँदैन भन्ने सोचाई युवा वर्गमा बढ्दो अवस्थामा छ । यसलाई सरकार, समाज र राजनीतिको नीतिमा सुधार हुनुपर्छ तर यसतर्फ सुधारका प्रयासहरु भएनन् । त्यसैले खेतीपाती गर्ने किसान निराश छन् । गाउँघरमा खेतीपाती ष्र्न छोडेर विदेशीने गर्छन् । त्यसकारण खेतीपाती र पशुपालन गर्ने व्यवसाय हराउँदै छ । वैदेशिक रोजगार बढ्दै छ । नेपालीहरु नेपालमाभन्दा विदेशमा बढी छन् ।

भारततर्फका देशहरुमा नेपालीहरु गइरहेका छन् । उनीहरुको जाने क्रम अहिले पनि जारी छ । विदेशको शासनकालमा पशुपालन र कृषि कार्यमा काम गर्न भन्दै पहाडबाट आसाम, मणिपुर, नागालैण्ड, दार्जिलिङ, गौह्रारी, जलफाई, गुठ्ठी, श्याम (थाइलेण्ड) बर्मा (मैनमार) मणिपुर भुटान, सिकिम जस्ता ठाउँहरुमा गएर उनीहरु उतै बसे । अहिले नेपाली बस्ती भएका गाउँहरु बनेका छन् ।

हुनतः बर्मा (म्यानमार) बाट धेरै नेपालीहरु धपाइए । त्यस्तै भुटानबाट पनि देश निकाला भएर उनीहरु नेपाल आइरहेका छन् । उनीहरुको भविष्य विदेशमा सुरक्षित छैन तर नेपाल सरकारले विदेशबाट फर्कने नेपालीहरुका लागि सुरक्षा, स्वास्थ्योपचार, शिक्षा पाउने अवसर र रोजगारको वातावरण बनाउ सक्दैन । जे जति नागरिक स्वदेश फर्कन्छन् उनीहरुका लागि आवश्यक समस्या मध्ये गाँस, बास र कपास हो ।

यो नै कम्युनिष्टहरुको नारा हो । अहिले पनि कम्युनिष्ट र कांग्रेसको सरकार छ तर सरकारमा नेकपा एमाले नै छ । उसले खाद्य आपूर्ति गर्न खेतीपातीमा नीतिहरु बनाउनु पर्दथ्यो गर्न सकेन र कक्षा १२ पछिको पढाइ छोडेर लाखाँै रुपैयाँ दलाललाई बुझाएर विदेशी बन्दै छन् ।

देशमा जमिन बाँझो छ । आयातित खाद्य आपूर्ति भइरहेको छ । सरकार चलाउनेहरु उनीहरुले पठाउने रेमिटेन्समा भत्ता खाएर रमाइरहेका छन् । देशको विकासभन्दा आफ्नै विकासमा रमाएको अवस्था छ । किसान निराश भइरहेका छन् ।

धेरैजसो खेतीपाती गर्ने किसानले अर्काको जग्गा जोत्छन् । खेतीपाती गर्छन् तर सरकारले रासायनिक मल, बिउ, किटनाशक ओखती, प्राविधिक सहयोग पनि उनीहरुले पैसा तिर्दा पनि पाउँदैनन् । भीड लाग्यो भन्दै उनीहरुलाई प्रहरीहरु लगाएर लाठी बर्साउन लगाइन्छ ।

जनता भन्छन्–कहाँ छ ? नेपालमा लोकतान्त्रिक गणतन्त्र । सरकार चलाउनेहरुलाई नै थाहा छैन– गणतन्त्र र लोकतन्त्र । उनीहरुलाई राणाशासनको कार्यशैली मात्र थाहा छ । त्यस्तै व्यवहार र कार्यशैली अपनाउँछन् । कस्तो अचम्मको प्रणाली हो ।

आफू मोटाउने र नातागोताहरुलाई आर्थिक सम्पन्न बनाउने तरिका मात्र अपनाउँदा रहेछन् । आम नागरिकका लागि गणतन्त्र नै आकाशको फल खालु भएन, गाउँले किसान । जो खेतीपाती र पशुपालनमा समय बिताइरहेका छन् । उनीहरुले पैसा तिर्दा पनि सहन रुपमा पर्याप्त मात्रामा रासायनिक मल पाउन सकेका छैनन् । उनीहरु निराश बनिरहेका छन् ।

किसान निराश बन्दै गएको ज्ञान कृषि मन्त्रीलाई जानकारी छ । उनले सरल तरिका अपनाएर रासायनिक मलको आपुर्ति गर्न सकिरहेका छैनन् । यसमा दोष कसको ? जनतालाई थाहा हुँदैन । उनीहरुले जानेको एउटै कुरा हो ? पैसा तिरेपछि मल पाइन्छ तर हातमा पैसा भएर पनि मल पाइएन ।

छिमेकी देश भारतमा पैसा तिर्दा मल पाइन्छ । त्यहाँ पनि लोकतन्त्रको सरकार छ । सीमानामा दुवै देशका नागरिकलाई आउजाउमा कुनै रोकतोक छैन । त्यहाँका किसानलाई उत्पादनमा सरकारी राहत छ । कृषिमा आत्मनिर्भर भएर पनि नेपालमा खाद्य आपूर्ति गर्छ तर नेपालमा जमिन बाँझो छ । युवाहरु विदेश पलायन भइरहेका छन् । सत्ताधारीहरु सत्तामा रमाइरहेका छन् । निराश भए किसान ।