तुलसीपुर, ९ असार । राप्ती विश्वासी वचत तथा सहकारी संस्था तुलसीपुरको आयोजनामा बचत खेल तालिम सम्पन्न भएको छ ।
सञ्चालक समिति, उपसमिति, सल्लाहकार, पूर्व अध्यक्ष, लगाएतको सहभागीतामा दुई दिनसम्म तालिम सञ्चालन भएको थियो । राप्ती विश्वासी बचत तथा सहकारी संस्था तुलसीपुरका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतमा भएको तालिममा सहभागीहरुलाई बचतको महत्व, बचत गर्ने तरीका, पारिवारिक बजेट योजना,संस्थाले बचत सम्बन्धी गर्नुपर्ने आन्तरिक तयारी लगायतका बिषयमा खेलको माद्यामबाट सहभागीलाई अभ्यास गराईएको थियो ।
सञ्चालक समिति, उपसमिति, सल्लाहकार,पूर्व अध्यक्ष, कर्मचारी सहित २५ को तालिममा सहभागीता रहेको संस्थाका सदस्य ध्रुव गौतमले जानकारी दिएका छन् । तालिमको प्रशिक्षकमा श्यामराजा तिम्सिना रहेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी सल्लाहकार मानबहादुर डाँगीलगायतले बोलेका थिए । यस प्रकारको तालिम सहकारीमा पहिलो पटक गरिएको हो ।