दाङ, ८ असार । प्रजातान्त्रिक उद्यमी संघको अध्यक्षमा तेजबहादुर पौडेल (विश्व) सर्वसम्मत चयन भएका छन् । संघको पाँचौ साधारणसभा तथा अधिवेशनबाट पौडेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
संघको उद्योग उपाध्यक्षमा प्रदम नेपाली, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा युवराज पोख्रेल, सचिवमा थानेश्वर बुढा, कोषाध्यक्षमा विष्णु् रिजाल चयन भएका छन् । सदस्यहरूमा मुक्तिराम खनाल, सुनिल गुप्ता, रामविर चौधरी, शिबबहादुर डाँगी, केशब डिसी, निरन्जन श्रेष्ठ, निमबहादुर भण्डारी र विन्दु पाण्डे रहेका छन् । शनिवार संघको पाँचौ बार्षिक साधारणसभा तथा अधिवेशनको बन्द सत्रमा आर्थिक प्रतिवेदनमाथि विवाद सिर्जना भएपछि अधिवेशन स्थगन भएको थियो ।
प्रजातान्त्रिक उद्यमी संघ नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था भएकाले संघको संरक्षक संस्था नेपाली काङ्ग्रेस रहने विधान बमोजिम विवाद समाधान गरेर पार्टीले सोमवार नयाँ कार्यसमिति घोषणा गरेको हो । विवाद सिर्जना भएपछि संघको विधानको दफा २५ अनुसार विवाद समाधान गर्ने भूमिका नेपाली काङ्ग्रेस दाङमा रहने उल्लेख छ । बन्द सत्रमा विवाद सिर्जना भएपछि विवाद समाधान गर्ने जिम्मा नेपाली काङ्ग्रेस दाङले लिएको थियो ।