जुनियर रेडक्रस सर्कलको अध्यक्षमा स्मारिका

गोरक्ष समाचारदाता
दाङ, ८ असार । घोराही–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा नेपाल जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । जुनियर रेडक्रस सर्कलका सचिव प्रणित रिजालको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

स्मारिका चौधरीको अध्यक्षतामा १३ सदस्यीय सर्कल गठन गरेको छ । जसको उपाध्यक्षमा समीर नेपाली, सचिवमा श्रीया पुन, उपसचिवमा विजय अधिकारी, कोषाध्यक्षमा आरती जिसी, सहकोषाध्यक्षमा सृष्टि केसी, सदस्यमा टीका लामिछाने, सुप्रिया बस्नेत, स्वस्तिका बुढाथोकी, गिरिसा पाण्डे, अनिता सुनार, राधिका बुढा, इशा भण्डारी छन् ।

सर्कलको संरक्षकमा विद्यालयका प्रिन्सिपल महेश बस्नेत, शिक्षक नायकमा किसु खड्का र सहशिक्षक नायकमा सन्दीप चौधरी छन् । सर्कलका उपाध्यक्ष दीपेश नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयकी कार्यक्रम संयोजक बिमला केसीले कार्यक्रममाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको सहजीकरण जुनियर रेडक्रस सर्कलकी सचिव श्रीया पुनले गरेकी थिइन् ।