कविता : योग

श्रीराम दहित

हतपल हामी सबैको रहोस् चित्त शुद्ध !
योग साधनाले हामी सबै बन्नुछ बुद्ध !
जानौं सधैं हामी जीवनमा ज्ञान राम्रो !
हामी बनौं स्वाबलम्बी कर्म गरौँ सधैं राम्रो !

आत्मालाई गाँस्ने परमात्मा सार्थक जीवन बनाउन !
ब्रह्ममुहुर्तमा साधना गरौँ अचेतलाई सचेत बनाउन !
तन मनले योग गरौँ आचरण युक्त आचार्य बनी बनाउन !
योग कर्म शुद्ध गर्दै मानवमा देवत्व धर्ती स्वर्ग झैँ बनाउन!

थकान तनको चनचलता मनको समाधान गर्छ योग !
हरपल नयाँ उर्जा ल्याउने गर्छ जब जुड्ने बन्छ संयोग!
श्वासको गतिले मानवमा आत्मीय संवाद गराउन !
तन मन्दिर झैँ स्वच्छ बनाइ राखौं आत्मीय संवाद गराउन

जीवनशैली बनाऔं योगको शरण गइ सदबिज रोपौं!
योगले जागरण गराउने पञ्चतत्व बाहिरी आवरण नरोजौं
प्रकृतिको आँचलमा गरौँ योग नष्ट हुनेछन् जीवन रोग!
सकारात्मक उर्जा योगले दिने नरोजौं अनावश्यक भोग!

सुर्य नमस्कार ब्रह्ममुहुर्तमा सुरुवात स्वस्थ तन स्थिर मन
वृक्षासन मण्डुकासन सरल चाल गरौँ योग समृद्ध भुवन !
आत्मा-परमात्माको मिलन योग जीवन आवस्यक खेल!
श्वास-प्रश्वास लय ध्यानले दिने प्रकाश समाधानको खेल!