नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा दाङका आचार्य निर्वाचित

काठमाडौँ, ७ असार । नेपाल औषधी आयातकर्ता संघको अध्यक्ष पदमा पवन आचार्य निर्वाचित भएका छन् ।

शनिबार राजधानीमा सम्पन्न संघको आठौँ बार्षिक साधारणसभा तथा अधिवेशनबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उनी यसअघि महासचिव पदमा कार्यरत थिए ।

अधिवेशनले संघको उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल, महासचिवमा मधु पाैडेल, सचिव पदमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाललाई निर्वाचित गरेको छ ।

कार्यसमिति सदस्यहरुमा मुकुन्दराज भण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शिताेष शाह, आनन्द राजभण्डारी, सुरज टिवटिवाल, राजकिशाेर, आनन्द चाशैधरी, चन्द्शेखर रूगाटा र डा अबुल हुसेन अन्सारी रहेका छन् । नयाँ कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ ।