एक पृथ्वी, एक स्वास्थ्यः राजयोगद्वारा आत्मा, समाज र प्रकृतिको उपचार

ब्रह्माकुमार माधव तिमिल्सेना

योग संस्कृत शब्द “युज” धातुबाट शुरु भएको मानिन्छ जसको अर्थ योगफल, जोड तथा नियमन हुन्छ । अथर्ववेदमा योगश्चित्तवृत्ति निरोधः ।। योगसूत्र ।। भनिएको छ । चित्त र वृतिको निरोध नै योग हो । योग एक विशेष क्रिया हो, योग क्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ ।

मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । वर्तमान समयमा योगका केही वर्तमान प्रचलनहरु यस प्रकार छन् – विपश्यना ध्यान, कुण्डिलीनी ध्यान, राजयोग ध्यान, भावातीत ध्यान, सक्रिय ध्यान, ज्योतिध्यान, सहजध्यान, सुदर्शन ध्यान । यहाँ चर्चा गर्न खोजिएको राजयोग ध्यान हो ।

It is called Raj yoga Meditation Because It enables a Person to become the Master of the Self Which is King Of Yoga’s. राजयोग ध्यान योगहरुको राजा मानिन्छ किनकि यसले व्यक्ति स्वयंलाई आफैमाथि शासन गर्न सक्षम वनाउँछ ।

पृथ्वी आक्रोशित छ, हावा दूषित छ, जल आक्रान्त छ, मन अशान्त छ । अनि हामी अझै सोधिरहेका छौं, “स्वास्थ्य कहाँ हरायो ?” एक पृथ्वी – साझा घर हो । पृथ्वी कुनै जात, धर्म, राष्ट्रको निजी सम्पत्ति होइन । यो हाम्रा कर्महरुको फलहरु बोक्ने मूक साक्षी हो । जब हाम्रो चेतना लोभी, स्वार्थी र हिंस्रक हुन्छ, तब पृथ्वीमा असन्तुलन आउँछ । जब मन शुद्ध हुन्छ, तब व्यवहार शुद्ध हुन्छ । जब व्यवहार शुद्ध हुन्छ, तब समाज शुद्ध हुन्छ । जब समाज शुद्ध हुन्छ, तब प्रकृति स्वाभाविक रुपले सन्तुलित हुन्छ ।”

संयुक्त राष्ट्रसंघद्वारा घोषित सन् २०२५ को अन्तर्राष्ट्रिय योग दिवसको नारा — æOne Earth, One HealthÆ कुनै साधारण नारा होइन, यो सम्पूर्ण मानव जातिका लागि चेतावनी हो । साँच्चिकै, यो नाराले सम्पूर्ण मानव जातिलाई एउटा गहिरो सन्देश दिएको छः स्वास्थ्य केवल व्यक्तिगत विषय होइन, यो सम्पूर्ण पृथ्वी र त्यसमा बसोबास गर्ने सम्पूर्ण प्राणीहरुबीचको अविभाज्य सम्बन्ध हो ।

एक पृथ्वी, एक स्वास्थ्य भन्नुको अर्थ हो–जबसम्म पृथ्वी अस्वस्थ छ, तबसम्म कुनै व्यक्ति पूर्णरुपमा स्वस्थ हुन सक्दैन । र जबसम्म मानव चेतना प्रदूषित छ, तबसम्म पृथ्वी शुद्ध हुन सक्दैन । मनको शुद्धता नै पृथ्वीको स्वच्छता हो । चेतनाको परिवर्तन नै विश्वको उपचार हो । योगको अन्तिम लक्ष्य हो–आत्मा, परमात्मा र प्रकृतिबीच पवित्र सम्बन्धको पुनस्र्थापना ।

एक पृथ्वी, एक स्वास्थ्य — राजयोगको शुद्ध कम्पनले सम्भव छ ।“ आज जब हामी जलवायु परिवर्तन, मानसिक रोग, सामाजिक विखण्डन जस्ता समस्याबाट पीडित छौं, त्यहाँ हामीले समाधान केवल प्रविधिमा होइन, चेतनाको पुनर्जागरणमा खोज्नुपर्छ । राजयोग ध्यान त्यो पुनर्जागरणको मूल मार्ग हो ।

योग दिवस हामी सबैका लागि एउटा “आन्तरिक क्रान्तिको संकल्प” बनोस् । यदि हामी साँच्चै पृथ्वीलाई माया गर्छौ भने मन स्वच्छ राखौं, शब्दमा करुणा अपनाऔं, कर्ममा सात्विकता ल्याऔं र आत्मालाई परमात्मासँग पुनः जोडौं । नियमित राजयोगको अभ्यासबाट यो सम्भव छ जब व्यक्ति परिवर्तन हुन्छ, समाज परिवर्तन हुन्छ र विश्वको परिवर्तन हुन्छ ।

सच्चा स्वास्थ्य भनेको केवल शरीरको रोगरहित अवस्था होइन । यो हो—चेतनाको पवित्रता, सोचको सकारात्मकता र कर्मको सात्विकता । राजयोग यही चेतनाको पुनःस्थापना हो—जसले पृथ्वीको स्वास्थ्यलाई पनि सन्तुलनमा ल्याउँछ । राजयोगः आत्म–चेतनाबाट विश्व–चेतनासम्मको यात्रा हो । राजयोग भन्नु केवल आँखा बन्द गरेर बस्ने कुरा होइन । स्व–चिन्तन, परम–स्मृति र जीवन–परिवर्तन को आधार हो ।

अनुसन्धानहरुले देखाएका छन् कि राजयोग ध्यानले Cortisol जस्ता तनाव–स्नायविक हार्मोन घटाउँछ र Alpha brainwaves  बढाउँछ, जसले शान्ति, सन्तुलन र रोग–प्रतिरोधी क्षमता बलियो बनाउँछ । All India Institute of Medical Sciences (AIIMS) / Harvard Medical School  जस्ता संस्थाहरुले समेत राजयोग ध्यानको सकारात्मक प्रभावहरु प्रमाणित गरेका छन् । यसको वैज्ञानिकता यो हो –  æMind heals the body, and meditation heals the mind=Æ  राजयोग ध्यानले निम्नलिखित चार स्तरमा काम गर्छः

१) शारीरिक स्वास्थ्यः नियमित ध्यानद्वारा मानसिक तनाव घट्छ, सुषुप्त जीवनशक्ति सक्रिय हुन्छ ।

२) मानसिक स्वास्थ्यः विचारमा स्पष्टता, भावना शुद्धता र आत्म–स्वीकृति उत्पन्न हुन्छ ।

३) सामाजिक स्वास्थ्यः व्यवहारमा सहिष्णुता, करुणा र क्षमाशीलता विकास हुन्छ ।

४) पारिस्थितिक स्वास्थ्यः प्रकृतिप्रतिको आदर र सन्तुलन कायम रहन्छ । जब आत्मा शान्तिमा हुन्छ, शरीर निको हुन्छ । जब शरीर निको हुन्छ, संसार परिवर्तन हुन्छ । When the soul is in peace, the body heals. When the body is healed, the world transforms

चेतनाको प्रदूषणः स्वास्थ्यको मूल जरो हो । आजको संकट केवल भौतिक होइन, यो चेतनाको संकट हो । विज्ञानले शरीरको उपचार गर्छ, तर मनको अशान्ति अझ फैलिँदैछ । विकासले भवन बनाउँछ, तर मूल्यविहीनता सामाजिक विघटन ल्याउँदैछ । प्रविधिले सम्पर्क बढायो, तर हृदयको दूरी अझ बढ्यो ।

राजयोग ध्यान यस चेतनाको प्रदूषणलाई शुद्ध गर्ने एक सशक्त साधन हो, जसले स्वास्थ्यको वास्तविक परिभाषालाई नयाँ ढंगले प्रस्तुत गर्छ । राजयोग मार्फत पृथ्वी प्रेम र प्रकृति–सन्तुलन । जब मानिस भन्छः “यो मेरो संसार हो“ तब स्वार्थ उत्पन्न हुन्छ । जब मानिस भन्छः “म संसारको हिस्सा हुँ“ तब दायित्व जाग्छ । राजयोग ध्यानले हामीलाई यही परिवर्तन सिकाउँछः म आत्मा हुँ– न कि यो भौतिक शरीर ।

पृथ्वी मेरो कर्मभूमि हो – स्वार्थको शिकार होइन । म परमात्माको संतान हुँ– जसको धर्म नै शान्ति, प्रेम र सेवा हो । मानव शरीरमा उत्पादन हुने प्रत्येक रोगको जरा, मानसिक अशान्ति हो । राजयोगले त्यो मानसिक शुद्धता ल्याएर स्वास्थ्यलाई मूलबाट सुधार गर्छ । यो चेतना आफू, समाज र प्रकृतिसँगको सम्बन्ध सुधार्ने सबभन्दा प्रभावशाली माध्यम हो ।

एक पृथ्वी– केवल भूगोलिक भू–भाग होइन, यो सम्पूर्ण जीव जगतको साझा घर हो । जब हामी राजयोगको अभ्यासद्वारा “म आत्मा हूँ, यो शरीर मेरो माध्यम हो” भन्ने आत्मिक अनुभूति गर्छौं, तब हामी अरु आत्मा र प्रकृतिसँग सह–अस्तित्वको सम्बन्ध स्थापना गर्छौं । यही चेतना नै पृथ्वीलाई स्वच्छ र सन्तुलित राख्ने आधार हो ।

एक स्वास्थ्य– केवल शरीरको अवस्था होइन, सम्पूर्ण शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सन्तुलन को सूचक हो । तर आज मानवको आन्तरिक चेतनामा असन्तुलन आयो, तब सम्बन्धहरुमा कटुता फैलियो, जीवनशैलीमा विकृति आयो, पृथ्वीमा अशान्ति छायो । यस्तो स्थितिमा राजयोगले चेतनालाई परिवर्तन गरेर यसको जरोमै हस्तक्षेप गर्छ । जसले यी सबै असन्तुलनहरुलाई सुधार गर्न सहयोग गर्छ ।

राजयोग अभ्यासबाट व्यक्ति–व्यक्तिमा निम्न ५ गुण जागृत हुन्छन्ः
१) शुद्ध÷पवित्र विचार–राजयोग ध्यानले सोचलाई सकारात्मक, निर्मल र सशक्त बनाउँछ । नकारात्मक विचारहरुको प्रदूषण घट्छ, जसले साँच्चिकै मानसिक स्वास्थ्य दिन्छ ।
२) शान्त मन– यसले अरुलाई हानि गर्न सक्दैन । जहाँ शान्ति हुन्छ, त्यहाँ तनाव, हिंसा र ईष्र्या स्वतः नष्ट हुन्छन् ।
३) सादगीपूर्ण जीवनशैली– राजयोगी बन्ने अर्थ हो — भोगभन्दा योगमा रमाउने । यसले प्रकृति–मैत्री, शाकाहारी, सन्तुलित जीवनलाई प्रवर्धन गर्छ ।
४) प्रकृतिप्रति संवेदनशीलता– जब आत्मा जागृत हुन्छ, तब त्यो आत्मा पृथ्वी, जल, हावा, वनस्पति, जनावरप्रति मातृत्वभाव राख्न थाल्छ ।
५) राजयोगको मूल आत्मा हो– “म सेवा दिन जन्मिएको हुँ, लिन होइन ।” यो भाव नै मानव र पृथ्वी दुवैलाई शक्ति दिन्छ ।

राजयोग ध्यानले सोचलाई सकारात्मक, निर्मल र सशक्त बनाउँछ । नकारात्मक विचारहरुको प्रदूषण घट्छ, जसले साँच्चिकै मानसिक स्वास्थ्य दिन्छ । शान्त मनले अरुलाई हानि गर्न सक्दैन । जहाँ शान्ति हुन्छ, त्यहाँ तनाव, हिंसा र ईष्र्या स्वतः नष्ट हुन्छन् । जब मानवले विज्ञानमा प्रगति ग¥यो, उसले सोच्यो – “अब म विश्वको मालिक हुँ ।”

तर उसले बिर्सियो कि आफू आत्मा हो –शुद्ध, शान्त र शक्तिशाली चेतना । यही विस्मरणले जन्म दियो–स्वार्थी सोच, उपभोक्तावादी प्रवृत्ति,प्रकृतिप्रति हिंसात्मक व्यवहार र अन्ततः विश्व–व्यापी रोग, तनाव र संकट । आजको संसारमा शारीरिक स्वास्थ्यभन्दा धेरै मानसिक थकान, भावनात्मक क्षय र आध्यात्मिक शून्यता छ र यही चेतनाको प्रदुषण समग्र समस्याको मूल स्वास्थ्य जरामा लागेको रोग भयो ।
अन्त्यमा,

ब्रह्याकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालयको वर्ष २०२५÷२६ को वार्षिक थीम प्रकरण – विश्व एकता र विश्वासका लागि ध्यान–योग“ घोषणा गरेको छ । हामीले प्रविधि र विज्ञानको प्रयोगले धेरै उपलब्धि पायौं, तर चेतनाको पतनले हाम्रो आन्तरिक र बाह्य स्वास्थ्यलाई खतरामा पारिरहेको छ ।

आज आवश्यकता छ “ध्यानद्वारा मनलाई, मनद्वारा शरीरलाई र शरीरद्वारा पृथ्वीलाई उपचार गर्ने” । राजयोग–एक यस्तो आध्यात्मिक अनुशासन हो, जसले व्यक्तिलाई राजा जस्तै आत्म–शासक बनाउँछ र आत्म–शासन हुनसाथ हामी प्रकृतिमा पनि सन्तुलन ल्याउन सक्छौं । त्यसैले आउनुहोस्— व्यायामसँगै, ध्यानमा प्रवेश गरौं । स्वास्थ्यसँगै, चेतनामा उचाइ ल्याऔं ।

अन्ततः, एउटै पृथ्वी र एउटै स्वास्थ्यको यात्रामा आध्यात्मिक ऊर्जा र सकारात्मक सोचको ज्योति बालौं । विश्व एकता र विश्वासका लागि ध्यान–योगको गहिरो अनुभूति गरौं । साथै राजयोगद्वारा आत्मा, समाज र प्रकृतिको उपचारमा सहभागी बनौ । शुभकामना सहित, एक आध्यात्मिक जागरणको प्रेरणा लिएर, तपाईंको हृदयस्पर्शी यात्रा शुभ होस् । ओम् शान्ति ।