दंगीशरणमा सहकर्मी समाजबाट राहत

प्रकाश डागी
दाङ,२३ बैशाख । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण समस्यामा परेका स्थानीयलाई दंगीशरण गाउंपालिकामा सहकर्मी समाज सुर्खेतले किसानहरुलार्इ धानको विउ उपलब्ध गराएको छ ।

लामो बन्दाबन्दीले गर्दा श्रम गरेर खाने किसानहरुलार्इ समस्या पर्ने देखिएपछि सामाजिक उत्तरदायित्व निर्बाह गर्ने क्रममा सस्थाले आफ्नो कोशेली कार्यक्रम अन्तर्गत गाउपालिकाभित्रका ७ वटै वडाहरुमा रहेका अति बिपन्न किसानलाई ३ लाख १ हजार ६ सय मुल्य बराबरको धानको बिउ गाउँपालिका भित्रका ४ सय २४ घरपरिवारलाइ उपलब्ध गराएको सहकर्मी समाज दाङका टिम लिडर पुनाराम पन्थीले जानकारी दिएका छन ।

बिगत ३ बर्षदेखि दंगीशरण गाउँपालिकामा रहेका प्रत्येक वडाका बिपन्न बस्तीहरुमा ूकोशेलीू कार्यक्रम संचालन गदै आएको सहकर्मी समाज सुर्खेतले कोरोना महामारिले बिपन्न बर्गलाइ खेती गर्न धानको बिउ सहज बनाउने उदेश्यले सहयोग गरेको हो । यसै गरि बैशाख २४ गते १ लाख २० हजार बराबरको धानको बीउ गढवा र राजपुर गाउँपालिका क्षेत्रमा स्थानिय गाउपालिकाको समन्वयमा दक्षिण देउखुरी अधिकार मन्चबाट बितरण गर्ने भएको छ ।

समाजले दंगीशरण गाउपालिकाभित्र न्युनतम २ देखि अधिकतम १० कट्ठा सम्म जग्गा भएका, अंधिया गरि खाने साना किसान तथा दैनिक ज्याला कमाउने दलित, जनजाति र बिपन्न घरपरिवार छ्नोट गरि प्रति कट्ठा २ किलोका दरले ४ सय २४ घरलाई कम्तिमा १ सय ३० बिघा जग्गामा खेती गर्न पुग्ने गरि ५२ क्विन्टल धानको बिउ बितरण गरिएको हो ।

राहतका लागि समुहले छनोट गरि सिफारिस गरेका मानिसहरुलाई गाउँपालिका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा खड्का तथा सम्बन्धित वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कृषि शाखा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी र सहकर्मी समाजका सहजकर्ताहरुले ७ वटै वडाका बस्तीहरुमा पुगेर बीउ बितरण गरेका थिए।

राहत बितरण वडा नं १ मा ७६ घर, वडा नं २ मा ३६ घर, वडा नं ३ मा ५०, वडा नं ४ मा ५५ घर, वडा नं ५ मा ६९ नं घर, वडा नं ६ मा ५७ घर र वडा नं ७ मा ८१ घर गरि जम्मा ४ सय २४ घरलाई राहत स्वरुप हाललाइ धानको बीउ उपलब्ध गराइएको सस्थाकी सामाजिक परिचालिका भिस्मा बस्नेतले जानकारी दिएकी छिन ।

यस अघि दंगीशरण गाउँपालिकाले दुई चरणमा चामल, दाल र तेल समस्यामा रहेका नागरिकहरुलाइ बितरण गरिसकेको छ । अब खेतीपातिको लगाउने सिजन आएकोले साना किसानलाई खाद्यान्न बीउ सहयोग गर्न उपयोगी हुने पालिकाको सुझाव र समुदायको मागलाई संबोधन गर्दै धानको बीउ बितरण गरि सहयोग पुराएकोमा दङ्गिशरण गाउपालिका अध्यक्ष भागीराम चौधरी, उपाध्यक्ष पिमा खड्का र बिपन्न बर्गका किसानहरुले सहकर्मी समाजलाई धन्यवाद समेत दिएका थिए ।

सस्थाले दगीशरण गाउपालिकाभित्र रहेका ७ वटै वडाका बिपन्न बस्तीहरुमा ५२ वटा सामुदायिक समूह र वडा स्तरमा ७ वटा मुल समिति गठन गरेर काम गर्दै आएको सहकर्मी समाज सुर्खेतले दंगीशरण गाउपालिकामा बिगत ३ बर्षदेखि बिकास कोष नर्बेको आर्थिक सहयोगमा ूकोशेलीू कार्यक्रम संचालन गर्दै आएको छ भने दाङकै गढवा, राजपुर, बंगलाचुली र घोराही–१९ मा बिगत १३ बर्षदेखि समुदायको रुपान्तरणका लागि कार्यरत रहेको छ।