सल्यान,२३ बैशाख । चट्याङ लागेर सल्यानमा एक बालिकाको मृत्यु भएको छ । सल्यानको कुमाख गाउँपालिका–३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चट्याङले हान्दा अन्य पाँच जना घाइते भएका छन ।
मंगलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर कुमाख गाउँपालिका वडा न ३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, श्रीमती ३० वर्षिया दिपा राना, ८ वर्षिय छोरा यमराज राना, २६ वर्षिय टेक बहादुर राना र २३ वर्षिय रणसिहं राना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन ।
उनीहरुको सल्यान अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।