चेतन रेग्मी
दाङ,२३ बैशाख । लकडाउनले पारेका असरका बारेमा तुलसीपुर उपमहानगरपालिका कार्यबाहक प्रमुख नबराज लामिछानेले टोलबासीहरु सङ्ग छ्लफल गरेका छन ।
कार्यबाहक नगर प्रमुखको जिम्मेवारी लिएपछी निरन्तर छ्लफल गर्दै आएका लामिछानेले मंगलवार तुलसीपुर ६ गाईडर स्थित विभिन्न टोलका अध्यक्ष र प्रतिनिधिहरुसँग छलफल गरेका हुन ।
कार्यक्रममा सामाजिक सुरक्षा भत्तालाई सहज बनाइदिन र राहत बितरणमा देखिएका कमजोरीलाई सुधार गर्न टोलबासीहरुले आग्रह गरेका थिए ।
लकडाउनको समयमा हरेक टोल,बस्तीहरु के अवस्था छ । नगरवासीहरुलाई कसरी सुरक्षितत महशुस गराउन सकिन्छ भनेर आफु केहिदिनदेखि लागिरहेको र टोलका अध्यक्षहरुलाइ जम्मा गरेर निरन्तर छलफल चलाइ रहेको लामिछाने बताए । टोलमा रहेका मजदुरहरुलाइ सुचिकृतगरि जानकारी गराउन निर्देशन समेत दिएका थिए ।