दाङ,६ असार । लेखक संघ दाङमा रचना बाचन कार्यक्रम भएको छ । लेखक संघको नियमित कार्यक्रमअमन्तर्गत शुक्रवार रचना बाचन भएको हो ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्ष तथा बरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाको प्रमुख आतिथ्यता एवं साहित्यकार पुरुषोत्तम खनाल र राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको विशिष्ट आतिथ्यतामा रचनाबाचन कार्यक्रम भएको हो ।
कार्यक्रममा साहित्यकारहरु उत्तमकृष्ण मजगैया, पुरुषोत्तम खनाल, कमलमणि देवकोटा, डा टीकाराम उदासी, डा लोकराज पराजुली, देवेन्द्र रिजाल, हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’, नरेशजंग राणा, सुरेशकुमार पाण्डेय,दामोदर पौडेल,हरिप्रसाद पाण्डेय,महेशकुमार न्यौपाने, मधुसुदन गौतम, चन्द्रप्रकाश देवकोटा, सूर्य बिसी, जनक विक, बिणा रोका क्षेत्री, नारद भण्डारी, गोविन्द पौडेलले रचना बाचन गरेका थिए ।
साहित्यकार हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।