प्रमोद आचार्य
दंगीशरण, ६ असार । दंगीशरण गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । चालु आर्थिक बर्षभरी गाउँपालिकाले प्रदान गरेको सेवा प्रवाह तथा सेवा प्रभावकारीताका बिषयमा सेवा प्रदायक र सेवाग्राहीविचको सम्बन्ध सुदृढ र सेवा गुणस्तरका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
जनप्रतिनिधि र कर्मचारीलाई जनताप्रति जवाफदेही बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको गाउँपालिकाका सुचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिएका छन् । उनका सार्वजनिक सुनुवाइका अवसरमा सेवाग्राहीले उठाएका प्रश्न,गुणासो तथा सल्ला सुझावलाई सम्बोधन गर्दै आफुहरु जतिसक्दो जनताको हक हितकालागी लागिपरेको बताए ।
नागरिकको सेवा प्रवाहका लागि र गाउँपालिकाबाट हुने हरेक कार्यसम्पादनको सवालमा सेवाग्राहीलाई झन्झट नहुने गरी सेवा प्रवाहगर्न कर्मचारीलाइ निर्देशन दिएका थिए । सार्वजनिक सुनुवाइ ऐना भएकाले सेवाग्राही र सरोकारवालाबिच त्रैमासिक रुपमा सार्वजनिक सुनुवाइ हुनु आवस्यक रहेको बताए । गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सार्वजनिक सुनुवाइको अवसरमा सेवाग्राहीबाट उठेका जिज्ञासा तथा सल्लाह सुझावलाइ सम्बोधन गर्दै सेवाग्राहीले दियका सल्लाह सुझाव अनुरुप अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सार्वजनिक सुनुवाइमा जिल्ला समन्वय सदस्य टोपाराम चौधरी,वडा न १ का वडा अध्यक्ष रमेश भण्डारी,वडा न ६ का वडा अध्यक्ष रोशन जंग शाह,वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीलगायतले मन्तव्य राखेका थिए । सार्बजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीको तर्फबाट सुशील देवकोटा, भरत वली, हरिहर बुढाथोकी,शारदा घर्ती, ज्ञानबहादुर कवर,पवित्रा डाँगी, इन्द्रलाल खत्री, लक्ष्मी भण्डारी, दिपक देवकोटालगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यविधि अनुरुप सन्चालन गर्दै मोबाइल एप्लिकेसनमार्फत गरिएको बहिरगमन अभिमत,नागरिक प्रतिबेदनपत्र र नागरीक अभिमत गरि ३ प्रकारले वडाका विभिन्न सेवाग्राहीहरुसँग गरिएको सर्बेक्षण प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिनोद शर्माले गरेका थिए ।