किसानलाई कृषि सामग्री सहयोग

दाङ,४ असार । ग्रामीण महिला उत्थान केन्द्रले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । आठ जना किसानलाई करिब २ लाख ५० हजार बराबरको कृषि सामाग्री प्रदान गरेको हो ।

ग्रामीण महिला उत्थान केन्द्र र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दाङ र सल्यान जिल्लामा संञ्चालित ‘तरकारीको मुल्य श्रृखंलामा नवप्रर्बद्धन कार्यक्रममार्फत ग्रामीण महिलाको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना’(आइएएलभिसी) अन्र्तगत लमही नगरपालिका–२ मा रहेको समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध किसानलाई कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।

तरकारीको क्षेत्रमा देशमै पहिलोपटक ग्रामीण महिला उत्थान केन्द्र र हेफर ईन्टरनेशनलको पहलमा दाङमा प्रशोधन केन्द्रको स्थापना गरी दाङ र सल्यानका १० वटा उद्यमी सहकारीको समग्र उत्पादनलाई एकद्धार प्रणालीमार्फत उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले परियोजना सञ्चाचलन गरिएको छ । परियोजनाअन्र्तगत अग्र्यानिक तरकारी उत्पादन गर्ने कृषक महिलालाई ब्यावसायिक बनाउनका लागि परियोजनाबाट समुन्नती सहकारीमा आवद्ध ८ जना महिला किसानहरुलाई प्रति किसान ३० हजारका दरले कृषि सामाग्री र समुहगत रुपमा प्राबिधिक शिक्षाका सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले सामग्री किसानलाई हस्तानतरण गरेकी थिइन । यसअघि सोही सहकारीमा आवद्ध २४ जना महिला किसानलाई पनि सामग्री हस्तान्तरण गरिएको थियो ।