मेरो खुशी : सेवाग्राहीलाई सन्तुष्टि दिन पाएकोमा …

उनी सधै सेवामा तलिन हुन्छन्, इमान्दार कर्मठ र सेवा भावले कर्ममा तलिन तुलसीपुर–७ निवासी रमेश गिरीले विगत २९ वर्षदेखि स्वास्थ्य त्यो पनि आँखाको उपचार सेवा दिइरहेका छन्, ‘सेवा नै धर्म हो सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक मैले सेवा ग्राहीहरूलाई सेवा प्रभावह गर्न पाएको छु, म यसैमा खुसी छु’ गिरीले भने, भारतको श्रीगंगानगर राजस्थानमा जन्मिएका गिरीले आफ्नो पढाइ लेखाई भारतबाटै पूरा गरेको बताउँछन् ।

नेपाली भए पनि बुबाको सरकारी जागिर साइन्स कलेज राजस्थानमा भएका कारण उनी भारतमा जन्मिएर प्लटुदेखि सिएमए र आँखासम्बन्धी नेत्रसहायक अध्ययन भारतमा पूरा गरेको गिरीले सुनाए, भारतमा १९९६ मा श्री जगदम्बा चेरिटेवल आँखा अस्पतालमा जागिर सुरु गरेका गिरीले अस्पतालमा त्यतिबेला वार्ड इन्चार्जको समेत जिम्मेवारी पाएको बताए, ‘मैले आइएसी पास गरेपछि १ वर्ष दालमिलमा म्यानेजर भएर काम गरे तर त्यहाँ काम छोडेर आँखा अस्पतालमा लागे तेतिवेला मलाई ३ ठाउँमा काम पाइएको थियो तर अस्पतालमै मैले रोजे’ गिरीले भने ।

उनले आफूले राम्रो काम गरेपछि हाकीमले अप्रेसन म्यानेजरको जिम्मेवारी दिएको र पछि नेत्रसहायक पनि अध्ययन गर्ने अवसर त्यही आँखा अस्पतालमा मिलेको भन्दै खुसी व्यक्त गरे । उनले आफ्नो इमान्दारिताका साथै लगनशिलताका कारण नेत्रसहायक पढाइसँगै करिब १४ वर्ष त्यही आँखा अस्पतालमा काम गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

गिरीले आफू त्यहाँ हुँदा धेरैलाई सहयोग गर्न पाएको र गरिब दुखीदेखि विभिन्न व्यक्तिलाई सेवा र सहयोग गर्न पाएकोमा अर्को खुसी मिलेको बताउँछन्, । ‘मैले भारतमा रहँदा धेरै साथी तथा आफूभन्दा जुनियरलाई सहयोग गरे सिप सिकाय र सही सल्लाह दिएर पढ्न सल्लाह दिए । उनीहरूले अहिले पनि मलाई सम्झन्छन गिरीले भने,‘विभिन्न व्यक्तिलाई आफूले व्यक्ति लागत खर्च गरे पढाउनुका साथै विभिन्न काम सिकाएको र अहिले पनि उनीहरूले भारतबाट बेला– बेलामा आफुलाई सम्झँदा खुसी लाग्ने गर्दछ ।’

‘धेरैले संघर्ष पछिको फल मिठो हुन्छ भन्छन्, अहिले म सुकि छु खुसी छु’, गिरीले भने,‘उनले श्री जगदम्बा चेरिटेवल आँखा अस्पतालमा काम गर्दा विभिन्न पटक ४ वटा पुरस्कार समेत पाएको सम्झिए,मैले त्यहाँको गृहमन्त्रीदेखि विभिन्न विशिष्ट व्यक्तिको हातबाट पुरस्कृत सम्मानित हुने अवसर मिल्यो भारतमा म त्यसमा पनि खुसी छु ।’ गिरीले करिब ३७ वर्ष भारतमा बसेको र त्यसपछि नेपालमा आएर सेवा गरेको भन्दै नेपालमा रही नेपाली आमाबुबा दाजुभाइलाई सेवा गर्न पाउँदा खुसी लागेको सुनाए ।

सन् २०११ मा नेपाल आएर राप्ती आँखा अस्पतालमा सेवा सुरु गरेका गिरीले यहाँ १४ वर्षसम्म सेवाग्राहीलाई सेवा प्रवाह गर्न पाएकोमा अर्को खुसी मिलेको बताए । उनले आधा रोग बिरामी तथा सेवाग्राहीलाई राम्रो बोली व्यवहार गरेपछि सन्चो हुने बताए । ‘मानिसको बोली व्यवहारले पनि धेरै कुरा सहज हुन्छ,त्यही अनुसार सेवा प्रवाह गर्नुपर्छ’, नेत्रसहायक गिरीले भने ।

‘मेरो भारतमा यहाँकोभन्दा राम्रो तलब सुविधा थियो तर मैले त्यो छोडेर यहाँ आएर सेवा गर्न पाए,म यसैमा खुसी छु’ गिरीले भने । गिरीले राप्ती आँखा अस्पतालमा काम गरेर सेवाग्राहीहरूलाई सन्तुष्टि दिन सकेकोमा पनि खुसी व्यक्त गरे, ‘म भारतमा सबै त्यागेर यहाँ आए यहाँ पनि सेवाग्राहीहरू मैले दिएको सेवामा सन्तुष्टि हुनुहुन्छ सेवाग्राहीहरूको मन जित्न सफल भएको जस्तो लाग्छ’, गिरीले भने । उनले अस्पतालले पनि आफूलाई यो ठाउँ दिएको र आफूले पनि सेवाग्राही तथा संस्थाको हितमा काम गर्न पाएको बताए ।

‘सबैको साथ सहयोगबाट अहिले अस्पताल यहाँसम्म आएको छ मेरो पनि प्रगति उन्नित भएको छ,संस्था पनि राम्रो हुँदै गएको छ यसमा म धेरै खुसी छु’, गिरीले भने,’ उनले सेवाग्राहीहरूले विश्वास गरेर आफूलाई खोज्दै आउँदा आफू निकै खुसी हुने गरेको सुनाए । आफुले धेरै आमा बुवा दाजुभाइ दिदीबहिनीको सेवा गर्न पाएको छु नेपालमा आएर गरेको यो मेरो अर्का खुसी हो । गिरीले आफूले मेहिनेत र सेवा गरेमार्फत् आफूलाई पनि राम्रो फल मिलेको बताउँछन् ।

‘म पनि घरपरिवारसँग बसेर सेवा गर्न पाएको छु दुवैजना छोराछोरीले पनि राम्रो पढेका छन्’ गिरीले भने । उनले आफू पनि आँखा सम्बन्धी पढेर आँखा अस्पतालमा काम गर्ने भएकाले छोरा दृष्टि विशेषज्ञ र छोरी रेडियोग्राफी भई सेवा गरिरहेको बताए ।

‘म पनि मेडिकल लाइनमा भएकाले छोरा छोरीहरूलाई त्यही क्षेत्रमा पढाए अनेत्र लागेको भए छोराछोरी पनि यो लाइनमा लाग्ने थिएकी थिएनन् । छोराछोरीको पनि प्रगति भएको छ यसमा पनि म खुसी छु’ गिरीले भने । उनले खुसी परिवार खुसी सन्तान गराउन पाएकोमा पनि खुसी व्यक्त गरे । छोराछोरी आफूले स्वास्थ्य क्षेत्रमा सेवामा लागेको उनले बताए ।

प्रस्तुती : बालाराम खड्का