यादव गिरी
२१औँ शताब्दी सूचना प्रविधिको युग हो, जहाँ शिक्षा प्रणालीमा नयाँ प्रविधिको प्रभाव तीव्र रुपमा देखिन थालेको छ । कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) को विकासले शिक्षण विधिमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना बढेको छ । विद्यालय तहको अङ्ग्रेजी शिक्षणमा एआईको प्रयोग गर्दा सिकाइलाई अझ प्रभावकारी, व्यक्तिगत तथा समावेशी बनाउन सकिने देखिन्छ । विशेषतः नेपाल जस्तो विविध भाषा, भूगोल र स्रोत–साधनमा सीमित देशका लागि एआई एक महत्वपूर्ण उपकरण बन्न सक्छ । यस लेखमा विद्यालय तहमा अङ्ग्रेजी शिक्षणका लागि एआई प्रयोगको सम्भावना, अवसर, चुनौती र भावी दिशा चर्चा गरिनेछ ।
कृत्रिम बुद्धिमत्ता भनेको त्यस्तो प्रविधि हो जसले मानव बुद्धिको नक्कल गर्दै निर्णय लिन, सिक्न, समस्या समाधान गर्न र भाषा बुझ्न सक्षम बनाउँछ । यसमा प्राकृतिक भाषा प्रक्रिया (Natural Language Processing – NLP), मेशिन लर्निङ (ःबअजष्लभ ीभबचलष्लन), कम्प्युटर भिजन, रोबोटिक्स आदि समावेश छन् । शिक्षाको सन्दर्भमा एआईले विद्यार्थीको आवश्यकतानुसार सामग्री तयार पार्न, मूल्याङ्कन गर्न, प्रतिक्रिया दिन र सिकाइ प्रक्रिया अनुकूल गर्न सक्ने प्रणाली विकास गर्न मद्दत गर्छ ।
विद्यालय तहमा अङ्ग्रेजी शिक्षणको वर्तमान अवस्था
नेपालमा विद्यालय तहको अङ्ग्रेजी शिक्षणका विविध चुनौतीहरु छन् । पाठ्यक्रम केन्द्रित, शिक्षक–आधारित र परम्परागत पद्धतिमा आधारित शिक्षणले गर्दा विद्यार्थीको भाषिक दक्षता अपेक्षा अनुसार विकसित हुन सकेको छैन । ग्रामीण क्षेत्रका विद्यालयहरुमा दक्ष शिक्षकको अभाव, स्रोतसाधनको कमी, विद्यार्थीको भाषिक पृष्ठभूमिको विविधता आदि समस्याहरु छन् । त्यस्तै, सहरका विद्यालयमा समेत विद्यार्थी केन्द्रित शिक्षणको अभाव, एकै पाठ्यपुस्तकमा निर्भरता र अभ्यासको कमी देखिन्छ । यस्ता सन्दर्भमा एआईको प्रयोगले शिक्षण–सीखनको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
विद्यालय तहमा अङ्ग्रेजी शिक्षणका लागि एआईको प्रयोग
१. व्यक्तिगत सिकाइ अनुभव : हरेक विद्यार्थीको सिकाइ क्षमता, रुचि, ध्यान दिने समय र बुझाइ फरक हुन्छ । परम्परागत शिक्षण प्रणालीले सबैलाई एउटै ढाँचामा समेट्न खोज्दा धेरै विद्यार्थीको आवश्यकता सम्बोधन हुन सक्दैन । कृत्रिम बुद्धिमत्ताले यस्तो चुनौतीको समाधान दिन सक्छ । एआई प्रणालीले विद्यार्थीको सिकाइ गतिबारे डेटा संकलन गरेर त्यसको विश्लेषण गर्छ, जसको आधारमा व्यक्तिगत अभ्यास सामग्री, भिडियो, शैक्षिक खेल, र परीक्षणहरु तयार गर्न सकिन्छ । यसरी विद्यार्थीहरुलाई आफ्नो स्तरअनुसारको अभ्यास सामग्री प्राप्त हुन्छ, जसले उनीहरुको सिकाइ सहज र प्रभावकारी बनाउँछ । साथै, विद्यार्थीको प्रगतिको रेकर्ड राख्न सकिने हुँदा शिक्षकले आवश्यकता अनुसार अतिरिक्त सहायता प्रदान गर्न सक्छन् ।
२. भाषा अभ्यासका लागि च्याटबोट र भर्चुअल ट्यूटर : भाषा सिक्नका लागि संवादको अभ्यास अत्यन्तै महत्वपूर्ण हुन्छ । तर विद्यालयमा सबै विद्यार्थीलाई आवश्यक मात्रामा संवाद अभ्यास गराउने समय र स्रोत पर्याप्त नहुन सक्छ । यस सन्दर्भमा एआई आधारित च्याटबोट र भर्चुअल ट्यूटर अत्यन्त उपयोगी सावित हुन सक्छन् । यस्ता प्रणालीहरुले विद्यार्थीसँग अङ्ग्रेजीमा संवाद गर्छन्, उनीहरुको उत्तरको आधारमा प्रतिक्रिया दिन्छन् र उच्चारण, व्याकरण तथा वाक्य संरचनामा सुधारका लागि सुझाव दिन्छन् । उदाहरणका लागि,“ChatGPT” jf “Google’s Meena”जस्ता एआई च्याटबोटहरुले स्वाभाविक भाषामा संवाद गर्ने अभ्यास गराउन सक्छन् । यसले विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्न र अङ्ग्रेजी बोल्ने अभ्यास नियमित रुपमा गर्न मद्दत गर्छ ।
३. अनुवाद र शब्दकोष सेवाहरु : एआई प्रविधिमा आधारित अनुवाद उपकरण र स्मार्ट शब्दकोषहरुले अङ्ग्रेजी सिक्ने क्रममा विद्यार्थीलाई जटिल शब्द, वाक्य र वाक्यांश बुझ्न अत्यन्त सहयोग पुर्याउँछन् । उदाहरणस्वरुप,“Google Translate”, “DeepL Translator” जस्ता अनुवाद प्लेट फर्महरुले विद्यार्थीलाई अङ्ग्रेजी शब्द वा वाक्यको नेपाली अनुवाद गर्न, व्याकरणिक प्रयोग बुझ्न, र फरक सन्दर्भअनुसार शब्दको अर्थ बुझ्न सक्षम बनाउँछन् । त्यस्तै, AI-powered शब्दकोषहरु जस्तै “Oxford Learner’s Dictionary” jf “Cambridge Dictionary” ले उदाहरण सहित शब्दको प्रयोग, उच्चारण, वाक्य संरचना आदि देखाउँछन् । यसले विद्यार्थीको शब्द भण्डार विस्तार गर्न र भाषा प्रयोगमा आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
४. वाणी र उच्चारण सुधार : अङ्ग्रेजी भाषामा दक्षता हासिल गर्न उच्चारण शुद्धता अत्यन्त महत्वपूर्ण पक्ष हो । नेपाली भाषाभाषी विद्यार्थीका लागि अङ्ग्रेजी उच्चारण सिक्नु चुनौतीपूर्ण हुन सक्छ, किनकि ध्वनि संरचना भिन्न हुन्छ । एआईले उच्चारणको विश्लेषण गरी विद्यार्थीलाई तत्काल फिडब्याक दिन सक्छ ।“Elsa Speak”, “Speechling”, jf “Duolingo” जस्ता एपहरुले विद्यार्थीको उच्चारण सुनेर सुधार गर्नु पर्ने विन्दुहरु देखाउँछन्, सँगसँगै सही उच्चारणको अभ्यास पनि गराउँछन् । विद्यार्थीले यस्ता एपहरु प्रयोग गरेर एक्लै अभ्यास गर्न सक्ने हुँदा उच्चारण सुधार नियमित र प्रभावकारी हुन सक्छ ।
५. मूल्याङ्कन र प्रतिक्रिया : विद्यार्थीले लेखेको निबन्ध, उत्तरपत्र वा बोलेको अंशको मूल्याङ्कन गर्दा परम्परागत विधिमा धेरै समय लाग्छ र प्रायः ढिलो फिडब्याक प्राप्त हुन्छ । तर एआई प्रणालीले यस्तो काम छिटो र स्वचालित रुपमा गर्न सक्छ ।. “Grammarly”, “Write & Improve” “British Council” जस्ता उपकरणहरुले विद्यार्थीको लेखाइ विश्लेषण गरी व्याकरण, शैली, शब्द छनोट, वाक्य संरचना आदि सुधारका लागि सुझाव दिन्छन् । यसले शिक्षकलाई समय बचत गराउँछ र विद्यार्थीलाई तुरुन्तै सिक्न मद्दत गर्छ । एआईको प्रयोगले विद्यार्थीले आफ्ना कमजोरी तुरुन्तै थाहा पाउँछन् र तत्काल सुधारका लागि प्रेरित हुन्छन् ।
६. सामग्री सिर्जना : शिक्षकहरुको लागि गुणस्तरीय शिक्षण सामग्री निर्माण गर्नु चुनौतीपूर्ण र समयखप्टो प्रक्रिया हो। एआई प्रणालीहरुले शिक्षण सामग्रीको योजना बनाउन, अभ्यासपत्र, कार्यपत्र, मल्टिमेडिया सामग्री र मूल्याङ्कन उपकरणहरु निर्माण गर्न सहयोग पु¥याउँछन् । ू“ChatGPT”, “Khanmigo”, jf “Socratic” जस्ता उपकरणहरुले शिक्षकलाई पाठ योजना बनाउने, प्रश्नोत्तर तयार गर्ने, विभिन्न स्तरका विद्यार्थीका लागि उपयुक्त अभ्यास निर्माण गर्ने जस्ता काममा सहजीकरण गर्छन् ।
यसले शिक्षकलाई थप सिर्जनात्मक र अन्तरक्रियात्मक तरिकाले शिक्षण गराउन प्रेरित गर्छ, साथै विद्यार्थीका लागि पनि पाठ अधिक रोचक र सहभागी बन्ने सम्भावना बढ्छ ।यसरी हेर्दा विद्यालय तहमा अङ्ग्रेजी शिक्षणमा एआईको प्रयोगले सिकाइ प्रक्रियालाई व्यक्तिगत, अन्तरक्रियात्मक, सहज, प्रभावकारी र समावेशी बनाउन सक्ने ठूलो सम्भावना देखिन्छ ।
एआई प्रयोगका सम्भाव्यता र अवसर
अङ्ग्रेजी विषय शिक्षणमा कृत्रिम बुद्धिमत्ताको प्रयोगले शैक्षिक समावेशिता, पहुँच, प्रभावकारिता र निर्णय क्षमतामा अभूतपूर्व अवसरहरु सिर्जना गरिरहेको छ । समावेशी शिक्षाको सन्दर्भमा एआईले अपांगता भएका विद्यार्थीहरुका लागि आवश्यकतानुसार अनुकूल सामग्री उत्पादन गर्न सक्छ, जसले हरेक विद्यार्थीलाई शिक्षण प्रक्रियामा सक्रिय सहभागी बन्न प्रेरित गर्छ ।
दृष्टिविहीन विद्यार्थीहरुका लागि Text-to-Speech प्रविधिद्वारा पाठ्यपुस्तकलाई श्रव्य सामग्रीमा रुपान्तरण गर्न सकिन्छ, भने श्रवण अशक्त विद्यार्थीहरुका लागि Speech – to-Text लाइभ सबटाइटल वा संकेत–आधारित अनुवाद प्रणालीले शैक्षिक पहुँचलाई अझ सहज र प्रभावकारी बनाउँछ ।
यस्ता प्रविधिहरुले अङ्ग्रेजी जस्तो भाषिक विषयमा व्यक्तिगत भिन्नता र विशेष आवश्यकतालाई सम्बोधन गर्न सघाउँछन्, जसले शिक्षा प्रणालीलाई सबैका लागि समावेशी बनाउने दिशामा महङ्खवपूर्ण योगदान दिन सक्छ। यसका अतिरिक्त, एआईले शिक्षकको भूमिकालाई पुनःपरिभाषित गर्दै उनीहरुलाई सृजनात्मक र अन्तरक्रियात्मक शिक्षणतर्फ केन्द्रित गराउन सहयोग र्पुयाउँछ। शिक्षकहरुले समय खपत हुने कार्यहरु(जस्तै मूल्याङ्कन, अभ्यास निर्माण, पुनरावृत्ति व्यवस्थापन आदि एआई ।