आमाको बार्षिक तिथीमा छोराद्धारा रक्तदान
दाङ, ३१ जेठ । घोराही उपमहानगरपालिका–१८ निवासी शुभम पोख्रेलले आफ्नो आमाको बार्षिक तिथीको अवसरमा रक्तदान गरेका छन् ।
स्वर्गीय आमा मञ्जु पोख्रेलको बार्षिक तिथीका अवसरमा शनिवार रक्तसञ्चार केन्द्र घोराहीमा पुगेर रक्तदान गरेका हुन् । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान गरेको शुभमले जानकारी दिएका छन ।
मञ्जुको क्यान्सर रोगको कारण ४ वर्ष अघि मृत्यु भएको थियो ।
