calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दाङलाई

गोरक्ष समाचारदाता
दाङ, २६ जेठ । लुम्बिनी प्रदेशस्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ मा दाङ च्याम्पियन बनेको छ । बेलझुण्डी रङ्गशालामा भएको प्रतियोगितामा तीन पटकको अपराजित बाँकेलाई पछि पार्दै दाङ च्याम्पियन बनेको हो ।

जेठ २३, २४ र २५ गते तीन दिनसम्म चलेको प्रतियोगितामा दाङले १६ स्वर्ण, १८ रजत र १६ कांस्यसहित ५० पदकका साथ च्याम्पियन बन्न सफल भएको हो । रनिङ शिल्डमा रुपन्देहीले दोस्रो स्थान हासिल गरेको छ । रुपन्देहीले १३ स्वर्ण, नौ रजत र ११ कांस्यसहित ३३ पदक प्राप्त ग¥र्या । साविक विजेता बाँके यसपटक तेस्रो भएको छ । बाँकेले १२ स्वर्ण, १७ रजत र १७ कांस्यसहित ४६ पदक हात पार्दा कपिलवस्तु चौथो भएको छ । कपिलवस्तुले नौ स्वर्ण, पाँच रजत र चार कांस्यसहित १८ पदक जितेको छ । यसैगरी बर्दियाले छ स्वर्ण, पाँच रजत र २५ कांस्यसहित ३६ पदक हात पार्दै पाँचौँ स्थान हासिल गरेको छ ।

यसैगरी नवलपरासीले छ स्वर्ण, चार रजत र १० कांस्यसहित २० पदक हात पार्दै छैठौं भएको छ । यसैगरी पाल्पा सातौँ स्थान हासिल गर्दै दुई स्वर्ण, एक रजत र चार कांस्यसहित ट पदक जितेको छ । यसैगरी रुकुम पूर्व आठौँ हुँदा दुई स्वर्ण, दुई कांस्यसहित चार पदक जितेको छ । प्युठान, अर्घाखाँची र गुल्मी स्वर्ण पदकविहीन रहे । दाङले एथलेटिक्समा आठ सय मिटर, चार सय मिटर, १६ सय मिटर, सर्टफुट, त्रिपल जम्प, थाउलो, सान्सौमा ४२, ४५ र ४८ किलो तौलमा, कराँते ४२ किलो तौल, कराँते एकल काता, ४० किलो, ४५ किलो, तेक्वान्दो एकल पुम्से, ४८ किलो, ५९ किलोमा स्वर्ण जितेको हो ।

प्रतियोगितामा विधागत रूपमा भलिबल छात्रातर्फ रूपन्देहीकी प्रतिभा चौधरी, एथलेटिक्समा छात्रातर्फ बाँकेकी आरुषी भट्टराई, छात्रतर्फ रुपन्देहीका शुभम बमरेल, कबड्डीमा छात्रातर्फ बर्दियाकी खुसी घर्ती मगर, छात्रतर्फ रुपन्देहीका क्षितिज गैरे उत्कृष्ट खेलाडी घोषित भएका छन् । रोल्पा जिल्लाबाहेक ११ वटै जिल्लाका खेलाडी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एक हजार तीन सय बढी खेलाडीले सहभागिता जनाएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । उनका अनुसार प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला–पुरुष, कबड्डीमा महिला–पुरुष, एथ्लेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वान्डो गरी छ विधाका खेल भएको हो ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने वा १८ वर्ष मुनिका बालबालिका सहभागी भएका थिए । स्थानीय पालिका हुँदै जिल्लामा प्रतिस्पर्धा गरेका तथा जिल्ला हुँदै प्रदेश स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले अब जेठ २८, २९ र ३० गते काठमाडौंको दशरथ रङ्गशालामा हुने प्रतियोगितामा भाग लिनेछन् । खेलकुदको विकाससँगै युवाहरूलाई अनुशासित बनाउन प्रतियोगिताले भूमिका खेलेको प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोकाले बताए । बेलझुण्डी रङ्गशालामा उद्घाटन भएको प्रतियोगिताका खेलहरू विभिन्न स्थानमा गरिएको थियो । जस अनुसार एथ्लेटिक्सका सबै खेल बेलझुण्डी रङ्गशालामा, उसु र कराँतेका खेलहरू ओम शान्ति स्केट पार्कमा, तेक्वान्दोका खेलहरू प्रदेश तेक्वान्दो हल कृष्णमन्दिरमा, कबड्डी प्रतियोगिता संस्कार पाठशालामा, भलिबलका खेलहरू अरनीको मैदानमा भएका थिए ।