खुत्रुके अभियानमा अक्ष्यकोष स्थापना
दाङ, २५ जेठ । समाज कल्याण केन्द्र नेपालद्वारा सञ्चालित विपन्न, असहाय एवम् जेहेन्दार बालबालिकाको शिक्षाको लागि सञ्चालन गरिएको खुत्रुके बचत अभियानमा अक्ष्यकोषको स्थापना गरिएको छ ।
घोराही १८ नवलपुर निवासी समाजसेवी निर्मला रानाले आफ्ना स्वर्गीय श्रीमान शशिकिरण रानाको सम्झनामा ५० हजारको अक्ष्यकोष स्थापना गरेकी हुन् । अक्ष्यकोषबाट विपन्न, असहाय एवम् जेहेन्दार बालबालिकाको शिक्षाको लागि खर्च गरिने संस्थाले जनाएको छ । अक्ष्यकोष स्थापनाकर्तालाइ केन्द्रले धन्यवाद समेत दिएको छ । एक कार्यक्रमको आयोजना गरि अक्ष्यकोषको रकम प्रदान गरिएको हो ।
कार्यक्रम समाज कल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । केन्द्रले विपन्न, असहाय एवम् जेहेन्दार बालबालिकालाइ पढाउदै आएको छ ।
महिलाहरुले आफुले व्यक्तिग रुपमा रकम उठाएर , विभिन्न व्यक्तिहरुले जन्मदिन तथा विभिन्न शुभकार्यका गरिने खर्च कटाएर दिने रकम र दाताहरुको सहयोगबाट विद्यार्थीलाइ पढाउने गरिएको केन्द्रका अध्यक्ष निर्मला गौतमले जानकारी दिइन् ।
त्यसैगरेर अभियानमा घोराही १८ रझेना निवासी सन्ध्या गौतम, विआर डेण्टलका डा भुवनेश्वर भुसाल र उनीकी श्रीमती, हापुर मावि निघुवारका प्रअ अर्जुनकुमार न्यौपानेले सहयोग गरेको खुत्रुके अभियानका संयोजक शारदा घर्तिले जानकारी दिइन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी, हापुर मावि निघुवारका प्रअ अर्जुनकुमार न्यौपानेले, लुम्विनी प्रदेश विद्यालय व्यवस्थापन समितीका कोषाध्यक्ष प्रमिला तिवारी, रेडक्रस दाङका मन्त्री प्रकाश श्रीवन्द, विआर डेण्टलका डा भुवनेश्वर भुसाल, महिला पतञ्जली योग समिती नगर कोषाध्यक्ष मिना रेग्मी एकता महिला बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष रेवा अधिकार लगायतले भनाइ राखेका थिए ।
केन्द्रका उपाध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्वयाद ज्ञापन खुत्रुके अभियानका सदस्य पुजा योगीले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण खुत्रुके अभियानका संयोजक शारदा घर्ती गरेकी थिइन् । केन्द्रले विभिन्न सचेतना मुलक कार्यक्रम समेत सञ्चालन गदै आएको छ ।
