calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

लागुऔष ब्राउन सुगरसहित तीन जना पक्राउ

घोराही, २५ जेठ । प्रहरीले देउखुरीबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रवार गढवा गाउँपालिका–५ ठुलीचौरबाट तीन जनालाई पक्राउ गरेको हो ।

कोईलाबासदेखि गढवातर्फ आउदै गरेको लु.९६ प ८८९३ नम्बरको मोटरसाइकल चेकजाच गर्ने क्रममा मोटरसाइकल चालक २२ बर्षीय लक्ष्मण विष्टले शरिरमा लुकाई छिपाई राखेर ल्याउने क्रममा ६ ग्राम ४६० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा मोटरसाईकल चालक गढवा गाउँपालिका–६ प्रगतीनगर निवासी २२ बर्षीय लक्ष्मण बिष्ट, खरिद गर्ने गढवा गाउँपालिका–४ निवासी ३९ का भन्साराम यादव र गढवा–६ धानदेउखुरी निवासी ३७ बर्षीय सदान मनिहार रहेका छन् । पक्राउ परेका अभियुक्तलाई अदालतबाट म्यादथप गरेर थप अनुसन्धानभ भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएको छ ।