गढवा चेम्वर अफ कमर्श गठन

टेकबहादुर पुन
देउखुरी, २५ जेठ । गढवा चेम्वर अफ कमर्र्श गठन गरिएको छ । शनिवार गढवामा एक कार्यक्रमको आयोजना गरी गढवा चेम्वर अफ कमर्र्श गठन गरिएको हो । गढवा चेम्वर अफ कमर्र्शको शनिवार एक औपचारिक कार्यक्रमकाबिच घोषणा गरिएको हो ।
व्यवसायी तथा बुद्धिजीवी सन्तोष कौशलको संयोजकत्व तथा लुम्बिनी प्रदेश चेम्वर अफ कमर्र्शका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्य एवम् लुम्बिनी प्रदेश चेम्वर अफ कमर्र्शका सदस्य शंकर गौतम र लमही चेम्वर अफ कमर्र्शका अध्यक्ष शीतल भुषालको विशेष आतिथ्यमा चेम्वर गठन गरिएको हो । सन्तोष कौशलको अध्यक्षतामा १५ सदस्यीय गढवा चेम्वर अफ कमर्र्श गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा पर्वल रसाईँली, उपाध्यक्ष शिवलाल पोखरेल, महासचिव हिरालाल चौधरी, सचिव प्रतिक्षा पौडेल, कोषाध्यक्ष समीर खान, सहकोषाध्यक्ष ओमप्रकाश चौधरी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा होमराज रिजाल, चन्द्रकान्त शर्मा, देवेन्द्र श्रेष्ठ, चुरमिणी चौधरी, वेदनारायण चौधरी, कुस्सु चौधरी, कृष्णबहादुर आले र जागेश्वर चौधरी रहेका छन् । संस्थाको सल्लाहकारमा हरिप्रसाद भण्डारी चयन भएका छन् । अन्य सल्लाहकार र प्रेस संयोजक संस्थाको आगामी बैठकमा मनोनित गर्ने निर्णय गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश चेम्वर अफ कमर्र्शका सचिव अजय न्यौपानेले संस्थागत व्यवसाय प्रवद्र्धन र नीति निर्माणमा स्थानीय चेम्वरको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा लुम्बिनी चेम्वर अफ कमर्र्शका सदस्य शंकर गौतमले गढवा क्षेत्रको व्यवसायिक सम्भावना पहिचान गर्न स्थानीय नेतृत्वले चेम्वरमार्फत् दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेश चेम्वरकोतर्फबाट आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्धता जनाए ।
कार्यक्रममा लमही चेम्वर अफ कमर्र्शका अध्यक्ष शीतल भुषालले गढवाका व्यवसायीलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्दै नवगठित चेम्वरलाई क्षेत्रीय व्यवसाय प्रवद्र्धनको केन्द्र बनाउन सकिने बताए । संस्थाको अध्यक्षको जिम्मेवारी पाएका सन्तोष कौशले स्थानीय स्तरमा व्यवसायको संरक्षण, प्रवद्र्धनमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
समितिले आगामी दिनमा विधान निर्माण, दर्ता प्रक्रिया र सदस्यता सङ्ुकलनलगायतका काम अघि बढाउने जनाएको छ । यस नयाँ संस्थाको गठनसँगै गढवा क्षेत्रको व्यवसायिक परिचय अझ स्पष्ट हुने तथा स्थानीय व्यवसायीलाई साझा प्लेटफर्म उपलब्ध हुने विश्वास गरिएको छ । कार्यक्रमको सहजीकरण लमही चेम्वर अफ कमर्र्शका महासचिव केशव अधिकारीले गरेका थिए ।