गोरक्ष समाचारदाता
दाङ, २५ जेठ । नेपाल फार्मेसी संघ दाङको अध्यक्षमा श्यामकुमार गिरी चयन भएका छन् । संघको शनिवार भएको अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अशोक सुवेदी, बसन्तराज भण्डारी, महासचिवमा दिलकिरण परियार, कोषाध्यक्षमा इन्द्रबहादुर भण्डारी, सचिवमा रेखा बुढा, सहकोषाध्यक्षमा अनुराधा पाण्डे रहेका छन् । समितिका सदस्यहरूमा आर्यन विश्वकर्मा, संगीता खरेल, केशव विक, सुन्दरी विक, प्रतिमा भण्डारी र गोविन्द भुसाल रहेका छन् ।
उद्घाटन कार्यक्रम संघका अध्यक्ष शुलभ अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा एवम् औषधी विभाग नेपालगञ्जका जितेन्द्रकुमार शाह र नेपाल फार्मेसी संघका केन्द्रीय सचिव धुव्रकुमार शर्माको विशिष्ट आतिथ्यतामा भएको थियो । संघका भागिराम खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण दया ज्ञवालीले गरेकी थिइन् ।