धनौरी,२३ जेठ । स्वावलम्बन लघुवित्त सस्थाले प्रहरीलाई ट्राफिक सचेतना लेखिएका संकेत बोर्ड सहयोग गरेको छ । सस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय खिलतपुरलाई ६ वटा ट्राफिक संकेत बोर्ड सहयोग गरेको हो ।
बबई गाउँपालिका–५ पूर्वी हापुरेमा विहिवार भएको कार्यक्रममा विभिन्न ट्राफिक संकेतहरु लेखिएका ६ वटा बोर्डहरु इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख एवं प्रहरी निरीक्षक खिमबहादुर खड्कालाई हस्तान्तरण गरिएको थियो । स्वावलम्बन लघुवित्त वित्तीय सस्था लिमिटेड केन्द्र ३३ की केन्द्र प्रमुख साहेदा खातुनको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोर्डहरु हस्तान्तरण गरिएको थियो ।
त्यस अवसरमा स्वालम्वन लघुवित्त वित्तीय सस्था लिमिटेड धनौरी शाखाले वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम समेत गरेको थियो । वित्तीय साक्षरता कार्यक्रममा शाखा कार्यालय धनौरीअन्तर्गत रहेका करिव ८५ जना सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बबई गाउँपालिका कुलबहादुर खत्री, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्का, शाखा कार्यालय धनौरीका प्रमुख बिमल श्रेष्ठले शुभकामना मन्तव्य गरेका थिए ।

कार्यक्रमको उद्देश्य वारेमा जानकारी गराउँदै शाखा कार्यालय धनौरीका प्रमुख बिमल श्रेष्ठले स्वावलम्बन लघुवित्तले देशका ६१ जिल्लामा नौ इलाका तथा १४५ शाखा एवं उपशाखामार्फत दुई लाख ६२ हजार बढी परिवारलाई सेवा दिदै आएको बताए ।
कार्यक्रमको सञ्चालन शाखा कार्यालय धनौरीका बरिष्ठ सहायक उदयराज अधिकारीले गरेका थिए भने कार्यक्रमको सहजीकरण शाखा कार्यालय धनौरीका सहायकद्वय उषा बोहरा र हरिप्रसाद चौधरीले गरेका थिए । वित्तीय सस्था लिमिटेड धनौरी शाखाले वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम गरेको छ ।