दाङ,२३ जेठ । दाङमा अभिनय कार्यशाला हुने हुने भएको छ । पहल नेपालको आयोजनामा असार ६ देखि १० गतेसम्म अभिनय कार्याशाला हुने भएको हो ।
स्थानीयरूपमा अभिनय क्षेत्रमा रुचि भएका कलाकारहरुको सीप तथा दक्षता अभिवृद्धि गर्ने र नयाँ कलाकार उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको संयोजक केएल बुढाथोकीले बताएका छन् ।
अभिनेता भोलाराज सापकोटाले प्रशिक्षण दिने कार्यशालामा अभिनय समबन्धी सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिने संयोजक बुढाथोकीले बताएका छन् । कार्याशालाको समापनमा सहभागीहरुद्वारा तयार गरिएको नाटक मञ्चन गरिनेछ ।
कार्याशालाका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई लघु चलचित्रमा अभिनयको अवसर प्रदान गरिनेछ । सबै उमेर समूहका इच्छुक व्यक्तिहरुलाई कार्यशालामा सहभागी गराइने आयोजक पहल नेपालले जनाएको छ ।