हिन्दु विद्यापीठमा बालबालिकाको निःशुल्क दन्त परिक्षण

घोराही,२३ जेठ । हिन्दु विद्यापीठ घोराहीमा शुक्रवार बालबालिकाको निःशुल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वी आर डेन्टल क्लिनिकका डाक्टर भुवनेश्वर भुषालको नेतृत्वमा रहेको चिकित्सक समूहले विद्यालयका मन्टेसरीदेखि कक्षा १० सम्मका सम्पूर्ण बालबालिकाको दन्त परिक्षण गरेको हो ।

कार्यक्रममा बालबालिकाहरूलाई दाँत माझ्ने सही तरिका र दन्त रोगबाट बच्ने उपायहरूबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो। डाक्टर भुषालले यस्ता कार्यक्रमहरूले बालबालिकाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजालले नियमित पाठ्यक्रमका अतिरिक्त यस्ता स्वास्थ्य शिक्षा कार्यक्रमहरूले बालबालिकाहरूलाई फरक किसिमको व्यावहारिक ज्ञान प्रदान गर्ने बताउनुभयो। उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमले समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउने र बालबालिकाको दन्त स्वास्थ्यप्रति चेतना जगाउने काम गरेको छ ।