गोरक्ष समाचारदाता
दाङ, २२ जेठ । नेपाली लेखक संघ दाङद्वारा प्रकाशित मुखपत्र ‘प्रवाह’ को १० औँ अङ्क लोकार्पण गरिएको छ ।
कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा बरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा भएको थियो । पुस्तकको समिक्षा नेपाली लेखक संघ दाङका अध्यक्ष डा. हिमलाल पन्थीले गरेका थिए ।
कार्यक्रममा नरेशजंग राणा, पद्मप्रसाद शर्मा, भगवती चौधरी, नारायण नेपाल, डा. लोकराज पराजुली, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, बरिष्ठ साहित्यकार गणेश विषय र सुरेशकुमार पाण्डेयलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा संघका आजीवन सदस्य साहित्यकार भेषराज पौडेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो । साहित्यकार हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गोविन्द पौडेलले गरेका थिए ।