तुलसीपुरमा बारिस्ता बनाउने तालिम सुरु

तुलसीपुर, २२ जेठ । दाङको तुलसीपुरमा बारिस्ता (कफी बनाउने) तालिम सुरु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को प्राविधिक सहयोगमा कफि मेकर (बारिस्ता) तालिम तुलसीपुरमा सुरु भएकोहो ।

स्थानीय युवा युवतीलाई सीपमूलक तालिम दिएर व्यावसायिक बनाउने उद्देश्यले ९६ घन्टाको कफी मेकर तालिम सुरु गरिएको हो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको अध्यक्षता तथा संघका पूर्वअध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यमा भएको तामिल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी रिजालले सिप विकासमार्फत रोजगारीका अवसर सृजना गर्न सकिने बताए ।

उनले यस्ता तालिमले युवालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘यस्ता किसीमका तालिमले स्वदेश विदेशमा समेत रोजगारी सृजना गर्छ विदेश भन्दा पनि तपाईहरुले यहि आफ्नो शहर बजारमा व्यवसायीक बन्न सक्नु हुन्छ – रिजालले भने ।’ उनले शिक्षा र सिप मानिसको जिवनमा कहिले पुरा नहुने भन्दै तालिम पछि स्वरोगजार बन्न पनि शुभकामना दिए ।

त्यस्तै संघका पूर्व अध्यक्ष रामप्रसाद चालिसेले सामान्य सीप सिकेर जिविको पार्जन गर्न सकिने बताए । ‘पछिल्लो समयमा अवसरहरु धेरै छन तर सामान्य सिप र व्यवसायीक पोलिसि नहुँदा त्यसले सार्थकता पाउन सकेको छैन् – चालिसेले भने ।’ कार्यक्रममा परियोजनाका प्राविधिक संयोजक राज कुमार सोतीमगरले सामाजिक विकास मन्त्रालय अन्तर्गत विभिन्न लामो तथा छोटा अवधिका तालिमहरु दिने गरेको भन्दै स्वदेशमै सिप सिकायर युवाहरुलाई स्वरोजगार गराउन आफुहरुको लक्ष्य रहेको बताए ।

उनले २४ दिनसम्म दैनिक ४ घण्टा तालिम सञ्चालन हुने बताए । त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले पछिल्लो समय कफी सबैको प्रिय पेयपदार्थका रुपमा विकास भइरहेकोले यो व्यावसायबाट युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । विनिल केसीले २० जना सहभागीलाई सिपमुलक कार्यमा संलग्न गराउने तालिमको लक्ष्य रहेको जानकारी दिए ।

उक्त तालिम होटल वेस्टर्न प्यालेस प्रालि, तुलसीपुर उपमहानगरपालिका–६, घोराही रोडमा सञ्चालन भइरहेको छ । तालिम जेठ २१ गतेदेखि सुरु भई असार १३ गतेसम्म चल्नेछ । तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशकुमार राजभण्डारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गरेका थिए ।