तुलसीपुर, २० जेठ । तुलसीपुर उपमहानगरपालिका–५ सुकम्वासी, दलित र अव्यवस्थीत बसोवास सहजीकरण समिति गठन गरिएको छ । वडा नं. ५ का वडाध्यक्ष विरेन्द्रकुमार शाहको अध्यक्षतामा मंगलवार बसेको बैठकले भुमिहिन सुकुम्वासी भुमिहिन दलीत र अव्यवस्थीत बसोवासी सम्वन्धि सहजिकरण समिति गठन गरेको होे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष र वडा सदस्य तथा राष्ट्रिय मान्यता प्राप्त पाटी प्रतिनिधिको उपस्थीतमा बसेको बैठकले भुमिहिन सुकुम्वासी भुमिहिन दलीत र अव्यवस्थीत बसोवासी गर्नेहरुको नाप नक्साकन गर्नका लागि वडाध्यक्ष शाहको संयोजकत्वमा १३ सदस्यीय सहजीकरण समिति गठन गरेको सदस्य सचिव संजयकुमार गुप्ताले जानकारी दिएका छन् ।
समितिको सदस्यमा मधुमति सुनार, भिमबहादुर केसी, लालमति भण्डारी, युवराज नेपाली सुसिल वली, प्रेमराज वली, बंशीकुमार शर्मा, गोरखबहादुर वली, बालाराम खड्का, गणेशबहादुर वली रहेका छन् । सदस्य सचिवमा तुलसीपुर–५ का वडा सचिव संजयकुमार गुप्ता रहेका छन् । समितिले भुमिहिन सुकुम्वासी भुमिहिन दलीत र अव्यवस्थीत बसोवासी गर्नेहरुको नाम नंक्साकन गर्नका लागि सहजीकरण गर्ने छ ।
त्यस्तै बैठकले नाप नक्सांकन गर्दा आवश्यकता अनुसार थप सदस्यहरु राख्न सक्ने निर्णय समेत गरेको छ । ‘हामीहरुले पहिलो चरणमा सवै क्षेत्रको प्रतिनिधित्व हुने गरि सहजिकरण समिति सर्वसहमतिले गरेका छौ यदि आवश्यक राख्न मिल्ने र आवश्यकता देखियो भने अन्य सदस्यज्यूहरुपनि समितिमा राख्ने छौ’,संयोजक शाहले भने । उनले यस विषयमा आफुले जिल्लामा बुझेर थप निर्णयहरु गर्ने बताए । बैठकमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, भुमि अधिकार मञ्च, समाजसेवी, पत्रकारको सहभागिता रहेको थियो ।