क्याप्टेन चयन गर्न विद्यार्थीले गरे मतदान

अङ्कित आचार्य
तुलसीपुर,२० जेठ।  करिब १ बजेकाे समय सबैकाे हात हातमा मतपत्र अनि आफ्नाे निकटतम् प्रतियाेगीलाई जिताउने अभिलाषासहित चर्काे घामकाे प्रवाह नगरी लाइन लागेका मतदाता,संसदीय प्रणालीकाे आभाष दिलाउने चुनाव, तर याे राजनीतिक संसदीय चुनाव नभएर विद्यार्थीलाई जिताउनकाे लागि जनप्रिय इङ्लिस स्कुलमा सञ्चालित जनप्रिय मतदान २०८२ थियाे।

जनप्रिय इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयाेगात्मक शिक्षामा प्राथमिकता दिँदै व्यक्तित्व विकाश, कुशल नेतृत्व र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि लाेकतान्त्रिक मूल्यमान्यतामा रहेर प्रजातान्त्रिक अभ्याससँगै शैक्षिक वर्ष २०८२ का लागि विद्यालय हेड क्याप्टेन र भाइस क्याप्टेन चयनका लागि सञ्चालन गरिएको निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्र सञ्जिव चाैधरीले कुल ७१ मतका साथ हेड क्याप्टेनकाे उपाधि चुमेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी शिखा बस्नेतले ५३ मतमै चित्त बुझाउनुपर्याे।

यसैगरी विद्यालय भाइस क्याप्टेनतर्फ ८६ मत ल्याएर कक्षा ९ मा अध्ययनरत छात्रा सीता चाैधरी विजयी भएकी छिन्। उनका निकटतम् प्रतिद्वन्द्वी विनिता चाैधरीले ७७ मतमै चित्त बुछाउनु पर्याे। कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबिच भएको चुनावमा ३४८ मत खसेकाेमा २१ मत बदर भएकाे थियाे।

यसरी कुशल र सफल नेतृत्व लिनकाे लागि सञ्चालन गरिएको चुनावी कार्यले विद्यार्थीहरुमा नेतृत्वकाे बिकाशसाथै शैक्षणिक कार्यकलापमा पनि थप टेवा पुग्ने निर्वाचन संयाेजक बासुदेव अाचार्यले बताउनु भयाे। यस्ता कार्यकलाप विद्यार्थीहरुकाे व्यावहारिक शिक्षाको लागि प्रभावकारी रहने र यस्ता कार्यले विद्यार्थीहरुले विद्यार्थीहरुकै मापन गर्न सकिने कुरा विद्यालयका शिक्षाचार्य प्रकाश कुमार शर्माले बताउनु भयाे।

कार्यक्रमकाे प्रमुख अतिथिकाेरुपमा बाेल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष भीम बहादुर याेगीले विद्यार्थीहरुले गरेकाे चुनावी कार्यकाे मुक्त कण्ठले प्रशंसा गर्नुभयाे साथै विद्यार्थीकाे सही नेतृत्वले विद्यालय सञ्चालनमा पनि सकारात्मक सहयाेग पुग्ने र यस्ता कार्यले विद्यार्थीमा एकताकाे भावना कायम गरि सिर्जनात्मक सिपकाे विकाश र नुतन ऊर्जा पनि प्राप्त हुने कुरा राख्नुभएको थियाे भने विजयी छात्र छात्रालाई निर्वाचन अधिकृत कमल डाँगीले दाेसल्ला अाेढाएर ब्याज वितरण गर्नुभएको थियाे।

संसदीय प्रणालीकाे आभाष दिलाउने चुनाव, तर याे राजनीतिक संसदीय चुनाव नभएर विद्यार्थीलाई जिताउनकाे लागि जनप्रिय इङ्लिस स्कुलमा सञ्चालित जनप्रिय मतदान २०८२ थियाे।

जनप्रिय इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयाेगात्मक शिक्षामा प्राथमिकता दिँदै व्यक्तित्व विकाश, कुशल नेतृत्व र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि लाेकतान्त्रिक मूल्यमान्यतामा रहेर प्रजातान्त्रिक अभ्याससँगै शैक्षिक वर्ष २०८२ का लागि विद्यालय हेड क्याप्टेन र भाइस क्याप्टेन चयनका लागि सञ्चालन गरिएको निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्र सञ्जिव चाैधरीले कुल ७१ मतका साथ हेड क्याप्टेनकाे उपाधि चुमेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी शिखा बस्नेतले ५३ मतमै चित्त बुझाउनु पर्याे।

यसैगरी विद्यालय भाइस क्याप्टेनतर्फ ८६ मत ल्याएर कक्षा ९ मा अध्ययनरत छात्रा सीता चाैधरी विजयी भएकी छिन्। उनका निकटतम् प्रतिद्वन्द्वी विनिता चाैधरीले ७७ मतमै चित्त बुझाउनुपर्याे। कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबिच भएको चुनावमा ३४८ मत खसेकाेमा २१ मत बदर भएकाे थियाे।

यसरी कुशल र सफल नेतृत्व लिनकाे लागि सञ्चालन गरिएको चुनावी कार्यले विद्यार्थीहरुमा नेतृत्वकाे बिकाशसाथै शैक्षणिक कार्यकलापमा पनि थप टेवा पुग्ने निर्वाचन संयाेजक बासुदेव आचार्यले बताए । यस्ता कार्यकलाप विद्यार्थीहरुकाे व्यावहारिक शिक्षाको लागि प्रभावकारी रहने र यस्ता कार्यले विद्यार्थीहरुले विद्यार्थीहरुकै मापन गर्न सकिने कुरा विद्यालयका शिक्षाचार्य प्रकाशकुमार शर्माले बताए ।

कार्यक्रमकाे प्रमुख अतिथिकाेरुपमा बाेल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष भीमबहादुर याेगीले विद्यार्थीहरुले गरेकाे चुनावी कार्यकाे मुक्त कण्ठले प्रशंसा गर्दै विद्यार्थीकाे सही नेतृत्वले विद्यालय सञ्चालनमा पनि सकारात्मक सहयाेग पुग्ने र यस्ता कार्यले विद्यार्थीमा एकताकाे भावना कायम गरि सिर्जनात्मक सिपकाे विकाश र नुतन ऊर्जा पनि प्राप्त हुने कुरा राखेका थिए भने विजयी छात्र छात्रालाई निर्वाचन अधिकृत कमल डाँगीले दाेसल्ला ओढाएर ब्याज वितरण गरेका थिए ।