प्रिया स्मृती गजमेर
देउखुरी, २० जेठ । लमहीमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायलाई जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँचको काम सुरु भएको छ । लमही नगरपालिका–१ अन्तर्गत कौडियास्थित कुमाल टोलबाट जग्गा नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको हो । नगर प्रमुख जोगराज चौधरी र वडा नम्बर १ का वडाध्यक्ष दामोदर लमहीमा जग्गा नापजाँच सुरु भने । कार्यक्रममा वडाध्यक्ष दामोदर पौडेलले भूमिहीन नागरिकलाई कानुनी स्वामित्व दिलाउन स्थानीय सरकार गम्भीर रहेको बताए । ‘यस अभियानले उनीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ र सामाजिक न्यायको अनुभूति गराउनेछ’, उनले स्पष्ट पारे ।
जग्गा नापजाँच कार्य स्थानीय सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि आयोगको समन्वयमा सञ्चालन गरिएको हो । नापी टोलीले स्थलगत रूपमा परिवारको बसोबास क्षेत्रको मापन र नक्साङ्कन कार्य अघि बढाइरहेको छ । स्थानीयवासीले जग्गा नापजाँच सुरु भएकोमा खुसी व्यक्त गर्दै कानुनी स्वामित्वको आशा व्यक्त गरेका छन् । ‘हामी पुस्तौँदेखि यहीँ बस्दै आएका छौँ, अब कानुनी लालपुर्जा हात पर्ने आशा पलाएको छ’, कुमाल टोलका स्थानीय कालीप्रसाद कुमालले भने ।
जग्गा नापजाँच सम्पन्न भएपछि प्रक्रिया पूरा गरी योग्य लाभग्राहीलाई लालपुर्जा वितरण गरिने जनाइएको छ । यसले भूमिहीन समुदायलाई सुरक्षित बसोबास मात्र नभई आर्थिक र सामाजिक सुरक्षामा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । लमही नगरपालिका भूमि शाखाका प्रमुख प्रकाश भण्डारीका अनुसार वडा नं. १ मा जग्गा नापजाँच कार्य सकिएपछि टोलीले वडा नं. २ मा जग्गा नापजाँचको काम अघि बढाउने तयारी गरेको छ ।
पौडेलले संयुक्त रूपमा जग्गा नापजाँच कार्यको शुभारम्भ गरेका हुन् । सो अवसरमा नगर प्रमुख चौधरीले भने, ‘छिटोभन्दा छिटो जग्गासहितको लालपुर्जा नागरिकको हातमा पु¥याउनु मेरो सङ्कल्प हो ।’ उनले भूमिहीन, दलित र सुकुम्बासी समुदायप्रति वर्तमान स्थानीय सरकार समर्पित रहेको उल्लेख गर्दै भने, ‘राज्यले प्रत्येक नागरिकलाई बाँच्नका लागि आधारभूत अधिकार स्वरूप बसोबासको सुनिश्चितता गरिनुपर्छ । लमही नगरपालिकाले यही अधिकारलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेको छ ।’
नगर प्रमुख चौधरीले जग्ग नापजाँचलाई निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन सरोकारवालासँग सहयोगको अपेक्षा राखे । ‘यदि प्रक्रिया विवादमा फस्यो भने ढिलो हुन्छ, त्यसैले सामुदायिक सहकार्य र आपसी समझदारी आवश्यक छ’, उनले भने । कार्यक्रममा वडाध्यक्ष दामोदर पौडेलले भूमिहीन नागरिकलाई कानुनी स्वामित्व दिलाउन स्थानीय सरकार गम्भीर रहेको बताए । ‘यस अभियानले उनीहरूको जीवनस्तरमा सुधार ल्याउनेछ र सामाजिक न्यायको अनुभूति गराउनेछ’, उनले स्पष्ट पारे । जग्गा नापजाँच कार्य स्थानीय सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि आयोगको समन्वयमा सञ्चालन गरिएको हो ।
नापी टोलीले स्थलगत रूपमा परिवारको बसोबास क्षेत्रको मापन र नक्साङ्कन कार्य अघि बढाइरहेको छ । स्थानीयवासीले जग्गा नापजाँच सुरु भएकोमा खुसी व्यक्त गर्दै कानुनी स्वामित्वको आशा व्यक्त गरेका छन् । ‘हामी पुस्तौँदेखि यहीँ बस्दै आएका छौँ, अब कानुनी लालपुर्जा हात पर्ने आशा पलाएको छ’, कुमाल टोलका स्थानीय कालीप्रसाद कुमालले भने । जग्गा नापजाँच सम्पन्न भएपछि प्रक्रिया पूरा गरी योग्य लाभग्राहीलाई लालपुर्जा वितरण गरिने जनाइएको छ । यसले भूमिहीन समुदायलाई सुरक्षित बसोबास मात्र नभई आर्थिक र सामाजिक सुरक्षामा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । लमही नगरपालिका भूमि शाखाका प्रमुख प्रकाश भण्डारीका अनुसार वडा नं. १ मा जग्गा नापजाँच कार्य सकिएपछि टोलीले वडा नं. २ मा जग्गा नापजाँचको काम अघि बढाउने तयारी गरेको छ ।