भूपेन्द्र सुवेदी
जमिन, आकाश, वायुमण्डल जल र ग्रहहरु प्रकृतिका देव हुन् ।
यिनीहरु यथाविधिमा चल्लन नपाउँदा प्रकृतिमा दरार आयको छ ।।
त्यस्तै शासकको भ्रष्ट आचारण र अकरमण्डीयताले गर्दा देस अराजकतातर्फ गइरहेको छ,
त्यसैले प्रकृतिलाई सम्मान गरौँ ।।
जुटौ अब सबैजना वृक्षारोपण गर्नलाई ।
डढेलोले आएर नांगो क्षेत्र हरियाली बनाउलाई ।।
हिजोका नांगो क्षेत्र सबै हरियाली बनाउनलाई ।
हातमा हात मिलाऔँ वन संरक्षण गर्नलाई ।।
हाम्रो हरियाली जंगलमा पन्छीले गीत गाउँने छन् ।
सामुदायिक वन जनताको धन सबैले बुझ्ने छन् ।।
ृवृक्षारोपण गरौँ सबै मिली सौन्दर्यता बढाउनलाई ।
हाम्रा पानीका मुहान र अक्सिजन बढाउनलाई ।
वनमा हरियालीले ढाकेपछी वातावरण स्वच्छ बनाउनलाई ।।
काम जे पनि भन्न सजिलो हुन्छ गर्ने बेला गाह्रो हुन्छ । विश्वमा फैलिएको दुषित वातावरण त्यति सहज र सरल भाषाबाट व्याख्या र विश्लेषण गर्न सकिने कुरा होइन । यसले एउटा सीमित घेराभित्र नभई व्यापक रुपमा आफ्नो क्षेत्र ओगटेको हुन्छ । यो एउटा कुनै वस्तु चिज वा पदार्थ मात्र नभई हावापानी वन भूमि, जीवजन्तु जनसंख्या, बसोबास, ध्वनी सौन्दर्य प्रकाश आदिको आपसी सम्बन्ध, क्रियाबाट, उत्पन्न सामूहिक एवम् संयुक्त अवस्थालाई नै वातावरण भनिन्छ । यसैको प्रतिकुल असर मानवीय र मानवीय जीवन र मरणको सवाल भएकोले यसलाई समयमा नै ध्यान दिनु आजको प्रमुख दायित्व हो ।
मानव समाजसँग यसको घनिष्ट सम्बन्ध रहेको हुँदा यसलाई बढी प्राथमिकता दिई जनचेतना अभिवृद्धि गर्नु अति आवश्यकता देखिन्छ । यिनै विषयलाई ध्यान दिई विकासको क्रम सँगसँगै वातावरणलाई प्राथमिकता दिँदै आएको पाइन्छ । तर, वातावरणको विषय कुनै नौलो त होइन बुझ्नेलाई सहजै होला नबुझ्नेहरुले कहिले बुझेको महसुस गरेको थाहा पाइँदैन । समय सन्दर्भमा विगतलाई मेत जोड्नुमा अझै सान्दर्भिक होला । यसै क्रममा सन १९७२ जुन ५ देखि १६ तारिखसम्म सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय मानवीय वातावरण सम्बन्धी स्टेकहोम सम्मेलनको प्रभावकारित महत्वपूर्ण रहेको मानिन्छ । यसको लगै सन १९७३ मा संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको स्थापना भएको हो र जसले विश्वभरी नै वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न जोड दियो ।
अर्थात् सन १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाउँदै आएका छौँ । नेपालले सन १९७२ मा सम्पन्न स्टेकहोम सम्मेलनदेखि नै भाग लिँदै आइ तापनि सन १९७४ देखि वातावरण दिवस मनाउन सुरु ग¥यो । त्यतिबेला नेपालमा राष्ट्रिय मानव तथा जीवमण्डल समितिको सक्रियतामा मनाइएको थियो । सन १९८६ देखि वन तथा भू–संरक्षण मन्त्रालयले यस सम्बन्धी कार्यक्रमहरु मनाउँदै आएको हो र विगत लगभग ३३, ३४ वर्षदेखि वातावरण संरक्षणलाई बढी प्रभावकारी रुपमा लैजान हामलको वन तथा वातावरण मन्त्रालयको स्थापना भई उक्त मन्त्रालयलगायत वन तथा वातावरण तथा भू–संरक्षण मन्त्रालय समेतले वातावरण दिवस मनाउँदै आउको छ ।
यसै क्रममा सन १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनमा नेपालले समेत भाग लिएको थियो । तत्कालको सरकारले वातावरणीय ह्रास बचाउन सुरुदेखि नै सक्रियता देखाएको भए तापनि त्यो बेलाको सरकार एक्लैको प्रयासले यो सम्भव नहुने भएको हुँदा हरेक क्षेत्रका मानिसलाई वातावरण संरक्षणको मुल प्रभावमा सरिक गराउनु अझ आजको आवश्यता हो मानव जाति वा जीवजन्तुको बाच्न पाउने हक अधिकारभित्र पर्ने धेरै आधारहरु छन् तर वातावरण प्रमुख आधार हो किनभने वायुमण्डलभित्र रहेको अक्सिजन बिना बाच्न सम्भव छैन । पानी वा खाना नखाए पनि केही दिन बाच्न सकिएला तर अक्सिजन बिना हामी एक मिनेट पनि बाच्न सक्दैनौ ।
हामीले ग्रहण गर्ने अक्सिजन स्वस्थ्यकर छ कि छैन ? भन्ने तर कहिल्यै पनि ध्यान दिएका छैनौँ । त्यसैगरी पानी पनि हाम्रो लागि नभई नहुने पदार्थ भएकोले हामीले खादै आएको पानी दुषिद छ छ्रैन भन्नेतर्फ ध्याा जानु हाम्रो आवश्याकता छ । यदि हावा पनि दुसिद भइदियो भने मानवीय जीवनमा मात्र नभई सम्पूर्ण जीवजन्तुमा समेत यसले असर पार्दछ । यसको फल स्वरुप एक व्यक्ति वा राष्ट्र मात्र नभई सम्पूर्ण विश्व नै वातावरणीय चुनौतिसँंग मुकाबिला गर्नु पर्ने हुन्छ । वातावरण रमानिससँग घनिष्ट सम्बन्ध भए जस्तै वन वातावरण र मानिसको घनिष्ट सम्बन्ध रहेको छ । यिनीहरु एकआपसमा भिन्न अंगको रुपमा रहेका छन् । यसमा सबैभन्दा ठुलो महत्वपूर्ण भूमिकामा वनले निर्वाहा गरेको छ ।
उदाहरणको रुपमा मानिसले फ्याकेको कार्बोन डाईअक्साईड विरुवाले स्वच्छ अक्सिजन मानिसलाई दिन्छ । एक व्यक्तिलाई अक्सिजन प्राप्त गर्नको लागि लगभग १० वटा वयस्क बोटको आवश्यकता पर्दछ । त्यसैले हाम्रो जीवनको विभिन्न अंगको रुपमा रहेको जंगललाई हामीले अपेक्षा गरी वन अतिक्रमण गर्ने हो भने आफ्नो खुट्टामा हाफै बन्चरो हान्नु सरह हुनेछ । यति मात्र नभई हाम्रो देशको ९० प्रतिशत जनता वन जंगलमा रहेका छन् । तर, हामी आफैले वा यसका जिम्मेवार शक्तिहरुको वेवास्ताको कारण आज आएर वन जंगल विनासको बाटो र अतिक्रमण चपेटामा पार्दै आएको अवस्था छ ।
वनको आधार आफ्नो बाच्ने आधार नै वन हो भन्न चिनाउने कहिले हो र कसले हो ? वनको संरक्षणबाट खाली वनको रुखलाई मात्र देख्ने आँखाहरुले आफ्नो श्वास प्रश्वासदेखि अन्य जीवनको आधार सोच्ने कहिले हामी नेपालीहरुले ? वन क्षेत्रका रुखहरु सबै रुखमा कार्बाेन सञ्चय भइरहने र जहाँसुकैको रुख विरुवा विनास गर्दा पनि कार्बोन उत्सर्जन हुने भएकोले जलवायु परिवर्तनका सन्दर्भमा सबै रुखहरुको महत्व रहेको हुन्छ । रुख उम्रन सक्ने भौगोलिक उचाईको सीमालाई वृक्षरेखा भनिन्छ । वृक्षरेखाभन्दा माथि बढी चिसो शुष्क जलवायु र माटोको उर्वराशक्ति न्यून भइरकोले रुख विरुवा उम्रन सक्दैनन् । यसैको कारण वार्षिक रुपमा हामीले वृक्षारोपण गर्ने विरुवाको उम्राशक्ति यसैको सेरोफेरोमा रहेर विरुवाका विभिन्न जातिको ब्याड राखिने गरिएको हाम्रो जीवनमा थाहा भएकै विषय हो ।
यसै सन्दर्भमा वन जंगल जल, वायु, पृथ्वी, मोटो, ढुंगा सबैसँग नजिक रहेको हाम्रो कृषि क्षेत्रको यसमा ठुलो महत्वछ भने कृषकको सबैभन्दा ठुलो कर्तव्य वन जोगाउनु र यसबाट प्राप्त हुने हाम्रो पानीको मुहान संरक्षण हुनुमा कृषकको मात्र नभएर आम नागरिकको दायित्व रहेको हुन्छ । यसैले हाम्रो सरकारको नीति दिगो विकास लक्ष्य, कृषि, विकास, रणनिति, आगामी चालु अवधिक योजना, माहामारीले पारेको प्रभाव, साथै जलवायु परिवर्तनका असर र प्रभाव जस्ता विषयलाई समेत ध्यानमा राख्दै सबैखाले नीतिलाई हरेक पाँच–पाँच वर्षमा समीक्षा गरी आवश्यकता अनुसार परिमार्जन गर्दैै राष्ट्रिय नीतिको परिपालना सँगसँगै वन वातावरण जैविक विविधताको रक्षाको लागि वनको व्यवस्थापनमा राज्यकोतर्फबाट नीति परिपालन गर्न आवश्यक छ ।