लक्ष्मण बस्नेत
दाङ, १८ जेठ । दाङ जिल्ला अन्तरपालिकास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी तुलसीपुर उपमहानगरपालिकाले जितेको छ ।
दाङ जिल्ला खेलकुद विकास समिति बेल्झुण्डीको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीको तत्तावधानमा बेल्झुण्डी रंगशालामा शनिवार सम्पन्न प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका ३३ स्वर्ण, २१ रजत र २२ कास्य पदकका साथ कुल ७६ मेडल हात पार्दै रनिङ शिल्ड जित्न सफल भएको हो । साविक विजेता घोराही उपमहानगरपालिका २० स्वर्ण, १६ रजत र १६ कास्य पदकसहित कुल ५२ पदकका साथ दोस्रो स्थानमा रहँदा शान्तिनगर गाउँपालिका ४ स्वर्ण, ७ रजत र १४ कास्य पदक गरी जम्मा २५ पदकका साथ तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।
त्यस्तै ३ स्वर्ण, १० रजत र ८ कास्य पदक हात पारेको राप्ती गाउँपालिका सान्त्वना भएको सचिवालय प्रमुख बालकृष्ण शाहले जानकारी दिएका छन् । प्रतियोगितामा एथलेटिक्स छात्रतर्फ तुलसीपुर उपमहानगरपालिकाका जीवन परियार र छात्रातर्फ घोराही उपमहानगरपालिकाका जेनिशा हमाल उत्कृष्ट खेलाडी भएका थिए । भलिबल छात्रमा तुलसीपुरका निशान सुनार र छात्रामा घोराही ृृउृृृपमहानगरपालिकाका सर्मिला डाँगी, कराते छात्रमा तुलसीपुरका सम्राट पुनमगर र छात्रामा तुलसीपुरकै स्मृति खत्री, कवड्डि छात्रमा तुलसीपुर उपमहानगरपालिकाका विपिन कुमाल र छात्रामा घोराही उपमहानगरपालिकाका वर्षा जिएम उत्कृष्ट खेलाडी भए ।
त्यस्तै उसु थाओलु छात्रतर्फ शान्तिनगर गाउँपालिकाका एलन केसी, छात्रामा तुलसीपुर उपमहानगरपालिका सृजन विक र सान्सौ छात्रमा तुलसीपुर उपमहानगरपालिकाका गणेश बुढा, छात्रामा तुलसीपुरकै खुसी थापा उत्कृष्ट खेलाडी घोषित भए । तीन दिनसम्म सञ्चालित प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु खेल विधामा जिल्लाका दश स्थानीय पालिकाका राष्ट्रपति रनिङ शिल्डको उपाधी तुलसीपुरलाई दंगीशरणमा किशोरीका लागि आत्मरक्षा तालिम खेलाडीबिच कडा प्रतिस्पर्धा भएको थियो ।
यसैबिच प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवम् प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा विजेता पालिका, उत्कृष्ट खेलाडी, पदक विजेता खेलाडीलाई शिल्ड, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यद्वय मुक्तिप्रसाद न्यौपाने र कल्पना आचार्य, जिल्ला खेलकुद विकास समितिका पूर्व खेलकुदका अध्यक्ष हुकुमबहादुर बस्नेत लगायतकाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रपतिरनिङ शिल्ड प्रचारप्रसार उपसमितिका संयोजक लक्ष्मण बस्नेतले गरेका थिए ।