कथा : बहिनी

गुरुप्रसाद शर्मा रेग्मी

घरमा थपिँदै गएको ऋणको भारबाट मुक्त हुने सोच बनाएर छोराछोरी श्रीमतीलाई घरमा काठमाडौँमा आएपछि बसेको थियो । त्यहीबेला एउटी गोरी सलक्क परेकी केटी उसको सामु आएर दुई हात जोड्दै भनी– दाजु मैले हिजोबाट केही खान पाएकी छैन ।

मलाई सहयोग गर्न सक्नुहुन्छ । यस्ती मान्छेलाई बाध्यताले भिक माग्नु परेको हुन्छ भनेर विवेकले १०० रु झिकेर दियो । मलाई थप सहयोग गर्न सक्नु हुन्छ दाजु भनेको सुन्दा विवेकले भन्यो– हेर बहिनी तिम्रो विवाहमा लागेको ऋण तिर्न भनेर भनेर विदेश पसेको आउदै छु ।

बाटो खर्च लागि चाहिएमा अरु १००÷५० दिन सक्छु । त्यो भन्दा बढी दिन सक्दैन । तपाईका बहिनी कति छन् । एउटी छन् । मलाई कान्छी बहिनी बनाउनु होस् र सफलताको लागि आर्शिवाद दिनोस्
आमा बितेपछि बाबुले अर्को विवाह गरे । सौतेनी आमाका छोराछोरी नहुँदासम्म ठिकै थियो । सन्तान जन्मिन थाले पछि म हेलारी बन्दै गए । नमिठो खान पाइन्थ्यो, न माया, सम्मान पाइन्थ्यो सबैबाट अपमानित भएर बस्नु पर्दथ्यो । यो हुँदासम्म हाम्रा छोराीछोरीको विवाह हुन कठिन हुन्छ भनेर सैतेनी आमाले आफ्नो नाता पर्ने बुढासँग मेरो विवाह गराइदिन लागेपछि बाबुको गोजीबाट पैसा चोरेर आफ्नो भाग्य लेख्न म काठमाडौँ आएको थिए ।
ग्वाला जाँदा या मेला पर्वमा गीत गाउने र एकिङ गर्ने कला ईश्वरले दिएको थिए । आफ्नो कला र कुशलता देखाउन पनि पैसा चाहिदो रहेछ । उसको संवेदशील कथाबाट आफूलाई पनि उत्रनु परेको तिनो अनुभूतिले विवेकलाई दुखित बनायो । उसले गोजीबाट झिकेर १५००। दियो । उसको टाउकोमाहात राखेर भन्यो– हे, पशुपतिनाथ यी मेरी बहिनीको अरु कोही छैन । यिनको जीवनको सुरक्षा र सर्फल सार्थक बनाइदिनु होला भनेर दुवै हात जोड्यो ।
बहिनीको नाम उषा रहेछ । उनले आफ्नो नाम दाजुको नाम ठेगाना परिवारको संस्था सबै लेखेर दिए दाजुलाई बसमा बसालेर रुदै विदा गरिन् । विवेक दाङको स्यालापानीको गाउँमा आइपुग्यो । पैसाको बिटो र खानेकुरा श्रीमतीलाई दियो ।
छोराछोरीलाई लुगाफाँटा दिएका खुसी मनाउन थाले । खानेकुरा एकातिर राखेर पैसा गन्न थालिन् तर पूर्व सूचना दिएको रकममा १५ हजार कम देख्दा पैसा किन थोरै छ कहाँ गयो भनेर सोधे पछि बस स्टपमा एउटी माग्ने केटी माथि दया लागेर आयो र उसलाई दिएको छु ।

यो सुनेपछि हे, भवगान यी बुढाको काँचो बुद्धि माग्नेलाई १००।५० पो दिनुपर्छ । त्यत्रो पैसा पनि कसैले दिन्छ ऋण तिर्नु छ । छोराछोरीको फिस डे«स किन्न छ कति सोच्न नसकेको कसैको संवेदनशील कुरा सुनेर प्रभावित हुने बहिनी कमाएको हो या अरु केही भन्न केही माथि राखिन् । उ मेरी बहिनी हो आफै ठगिएकी छ मलाई के ठग्थी ।
दुई वर्षसम्म श्रीमतीले त्यही कुराको झटारो हान्न कहिले छोडिन । उषामा गाउने मिठो स्वर भएको र एक्टिङ गर्न पनि सक्षम भएकाले आफ्नो कलामा प्रख्यात मात्र भइनन् । पैसा पनि मनग्य कमाइन् । उषाले बस स्टपमा बनेका दाजुलाई सम्झिन् । उनले दिएको ठेगाना हेरेर सबैलाई कोशेली र विवाहको ऋण तिर्न घर बनाउन छोराछोरीलाई बढाउन भनेर नगद १० लाख लिएर दाङकाृ स्यालापानी गाउँमा आइन् ।

साझ पर्न दागेको थियो विवेक खेतबाट घर आउँदै थियो । छोराछोरी स्कुलबाट आएर आँगनमा खेल्दै थिए । पेटीमा बसेर विवेककी पत्नी खानाको लागिग तरकारी काट्न लागेकि थिइन् । त्यहीबेला एउटा चम्चमाउँदो कार घरतिर आउन लागेको देखेर विवेक हत्तारिँदै आउन थाल्यो ।

आँगनमा आएर उभिएको कार देखर सबै आश्चर्य चकित भएका थिए । गाडीबाट उत्रेको डाइबरले ढोका खोल्दा निस्केकी उषालाई देख्दा हिरोइन दिदि उषा भनेर चिच्याउन थाले । गाडीबाट उत्रेर सरासर विवेकको नजिक गएर मेरो दयालु दाजुलाई प्रमाण छ । विवेक आश्चर्य चकित भयो । उषाले ड्राइभरलाई तिमी गाडी लगेर जाउ र होटलमा बस । मैले फोन गरेपछि भोलि आउनु भनेर गाडी पठाइन् । अनि भाउजुलाई अभिवादन गरेर सबै सामान लिएर घरभित्र गए ।

धन्य मेरो दाजु तपाईको सहयोग र पशुपतिलाई सम्झेर दिएको आर्शिवाद मैले आडा आफ्नो पहिचान बनाउन सके त्यसैले तपाईहरु सबै मेरा हुनुहुन्छ । म पनि यै घरकी सदस्य हुँ मलाई अर्को न सम्झनुहोला । मेरा भतिजा भतिजिको पढाइ लेखाई सब मेरो जिम्मा छ । विवाहको जिम्मा पनि मेरो छ तपाईले कुनै चिन्ता लिनु पर्दैन भनेर सबैलाई कोशेली दिइन् दाजुभाउजुलाई भनिन्– त्यो खुडकेरामा १० लाख छ । ऋण तिनुस् घरको मर्मत गर्नुस् ।

छोराछोरीलाई राम्रो स्कुलमा नाम लेखाइदिनोस् भनेको सुनेर खपिनसक्नु भएर भाउजु रत्नाले भनिन्– नानी तपाईको दाईलाई कति भने तपाईलाई समेत नानाभाती भने नाी मलाई क्षमा गरिदिनु भाउजु तपाईको ठाउँमा जो भए पनि त्यस्तै गर्ने थियो तपाईले चिन्ता दिनु पर्दैन । मैले काठमाडौँ घर बनाउँछु र त्यतै तपाईहरुलाई बोलाउँछु । यसरी दुःखसुखमा कुरा गरी रात बिताए बिहान खाना खाएर सबैका आँखा रसिला पार्दै एकअर्कासँग विदा हुँदा सार गाउँलेहरु नै चकित थिए ।