बयल गाढा चढेर अमेरिका पुग्नु जस्तै हो गणतन्त्र ।
तिनैको मोहमा अहिले फस्तै भयो गणतन्त्र ।।
त्यसैबाट सुरु भयो जनतामा राज्य आतंक मच्चाउने ।
गणतन्त्र दिवसको दिनमा राजधानी एमाले भए बनाउने ।।
पराजित हो यो मानसिकता गणतन्त्रको नाममा ।
गोडामुनि न्यानो हो यो सु गरेर अछ्यानमा ।।
नेपालमो गणतान्त्रिक सरकारले यस वर्ष पनि गणतन्त्र दिवस मनाउने अवसर पाएको । अर्थात् फेरि पनि गणतन्त्रका नाममा लुट्ने र जनता ढाट्ने अवसर पाएको छ । सत्ताधारीहरु गणतन्त्रलाई सत्ताधारीहरु पोल्टाको खाजा र विर्ताको सम्पत्ति जस्तै मान्छन् । त्यसमा पनि बुहारीले माइतबाट आउँदा ल्याएको भिन्नै कोशेली जस्तो उनले जसलाई दियो उनैले मात्र खान पाउने कोठे कोशेली ।
अहिले गणतन्त्र ठयाक्कै त्यस्तै भएको छ । सत्ताधारीहरुले गणतन्त्रका नाममा जसलाई जे दिए पनि हुने, जसलाई जे भने पनि हुने । उनीहरुको मान्यता छ हामीले गणतन्त्रका निमित्त त्याग गरेउँ, समर्पण गरेउँ त्यसैले गणतन्त्र त हामीले खाएर लाएर भोज गरेर मनाउन पाउनुपर्छ, हाम्रा विरुद्धमा कसैले औलो ठड्याउन पाउँदैन, औला काटिन सक्छ, कोही बोल्न पाउँदैन, जिब्रो थुतिन सक्छ भनेर चुनौति दिँदै भन्छन् गणतन्त्र त हाम्रो पेवा हो, हामीले निर्वाद खान पाउनुपर्छ ।
हामीले जसलाई दिन्छौ त्यसले मात्र खान पाउनुपर्छ । यसरी सत्ताधारीहरु आफ्नो डम्फु बजाउँदै गणतन्त्र दिवस भव्य रुपमा मनाउने संखघोष गर्दैछन् । अझ प्रधानमन्त्रीले त भनिसके जेठ पन्ध्र गतेका दिन काठमाडौँ उपत्यका त एमालेमय हुनुपर्छ । उता हिन्दु राज्य र संवैधानिक राजतन्त्रको स्थापनार्थ राप्रपा लगायत जनस्तरबाट ठुलो समूह सोही दिन जेठ पन्ध्र गते नै गुमेको हिन्दु राज्य नेपाल र संवैधानिक राजसंस्था फिर्ता गराउने भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणाा गरेर अगाडि बढिरहेका छन् ।
आफ्ना कार्यक्रमहरु जनसमक्ष सार्वजनिक गरिरहेका छन् । वर्तमानमा आन्दोलनको नेतृत्व जसले गरे पनि यो आन्दोलनको सुत्रपात र सुरुवात स्वास्थ्य व्यवसायी एवम् सामाजिक अभियन्ता दुर्गा प्रसाईले गरेका हुन् भनेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रष्ट पारिसकेका छन् । राजावादी नेताको रुपमा चिनिने नवराज सुवदेी, पशुपति शमशेर, प्रकाश चन्द्र लोहनी, केशरबहादुर विष्ट लगायतका नेताहरु आन्दोलनलाई शान्तपूर्वक सफल बनाउन लागिपरेको बताउँछन् ।
खरो रुपमा दरो उभिएर यस आन्दोलनलाई साथ दिन धर्म र संस्कृतिका ज्ञाता नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङ, धर्मो रक्षती रक्षिता भन्द्यै आन्दोलनकारीहरुको समूहलाई सफल बनाउनका निमित्त साथ दिन प्रवेश गरिसके । डा. जगमान गुरुङले हिजो दुर्गा प्रसाई गिरफ्तार हुनुभन्दा पहिले नै भनिसकेका थिए यदि युद्ध मैदानमा दुर्गा प्रसाईका हातको खुँडा लरबराउने अवस्था आयो भने त्यो खुँडा समात्न म तयार छु ।
उता प्रजातन्त्रवादी नेताहरु भन्छन्– लोकतन्त्रमा हरेक नागरिक वा राजनैतिक लहरुले सभा गर्ने विरोध प्रकट गर्ने उहाँहरुको नागरिक स्वतन्त्रता हो । यदि कुनै कारणबाट आन्दोलनकारीहरुसँग भुडफ वा मुठभेट भयो भने त्यसको जवाफ सत्ताधारीमा पनि प्रधानमन्त्री पक्षधर समूह जसले आन्दोलनको विरुद्धमा पार्टीका कार्यकर्ता उतारेर जेठ पन्ध्र गतेका दिन काठमाडौँ उपत्यकालाई एमाले भए बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिए उनैले लिनुपर्छ ।
उता राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेलको नेतृत्वमा काठमाडौँ बासीलाई जेठ पन्ध्रबाट सुरु हुने जनताको आन्दोलनमा सहभागी हुन् । गणतन्त्र दिवसकै उत्तरार्धमा आइपुग्दा हिन्दु अधिराज्य र संवैधानिक राजतन्त्र स्थापनाको आगो मुलुकमा सल्किरहेकै बेला मुलुकमा भिजिट भिसा प्रकरण एउटा ज्वाला बनेको छ । जसको आधारको अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने नेपालीहरुबाट हरेक दिन ५० लाख रुपैयाँ असुल गरी गृहमन्त्रालयमार्फत् उपलब्ध गराउने गरेको छ भन्ने व्यापक चर्चा भइरहँदा यसको जिम्मा गृहमन्त्रीले लिनुपर्छ । गृहमन्त्रीले जवाफ दिनुपर्छ भन्दै सर्वत्ररुपमा गृहमन्त्रीको राजिनामको मागका साथमा न्यायीक छानविनको माग सदनमा विपक्षी दलहरुले गरिरहेका छन् ।
त्यस सन्दर्भमा कांग्रेस एमालेका नेताहरुको बसेको दुई दलको बैठकले गृहमन्त्रीले राजिनामा दिनु नपर्ने निर्णय गरेका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ पन्ध्र गतेका दिन एघार बजेटबाट दिउँसो दुई बजेसम्म काठमाडौँलाइृ घेरेर राख्न युवा संघलाई दिएको निर्देशन साथै राजावादीहरु माथि सिंह झै गर्जिएर जाई लाग्न दिएके निर्देशन तथा भैपरी आय व्यहोरेर भन्ने आलको बानीले आन्दोलनकारीहरुलाई उत्तेजित बनाएको छ भने एमाले कार्यकर्ताहरु बाको ठाडो आदेशको पालना गर्न मुलुकभरी केन्द्रित भइसकेका छन् ।
जो झोले हुन् जो हनुमान हुन् तिनीहरु । यसरी लोकतान्त्रिक सरकारले गणतन्त्रको धज्जी उडाइरहेको छ । ओली सरकारको गर्दनमा खुँडा आइसक्यो छ विरोधीको एउकोमा मुंग्रो बजार्ने तयारी गर्दैछ । यस्तो परिस्थितिमा सिर्जना भएको भयावह अवस्थाको जिम्मेवारी ओली सरकारका ओलीले नलिएर के ओलीका बाले लिन्छन् त ? जेठ पन्ध्र नआई पुग्दै सरकारले विपक्षी आन्दोलनकारीहरुलाई उत्तेजित र आक्रेशित बनाइरहेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लंिगदेलको नेतृत्वमा काठमाडौँमा पन्ध्र गनेको आन्दोलनमा सहभागी भएर आन्दोलन सफल पारेर हिन्दु अधिराज्य नेपाल र संवैधानिक राजतन्त्रको पुनः स्थापना कार्यमा सहभागी भइदिनु हुन भन्दै निमन्त्रणा गर्दाको झलक सजेठ पन्ध्र गतेको आन्दोलनको तयारी स्वरुप राजावादीहरुले काठमाडौँमा गरेको मोटर साइकल ¥यालीका दृश्यले सत्ताधारीहरुको होस हवास उडाइदिएको छ ।
यदि जेठ पन्ध्रम्मा उर्लिएको जनसागर वा जनविद्रोहबाट परिवर्तन भयो भने संवैधानिक परिवर्तन नहुने पक्का जस्तै देखिएका ेछ । जुन विद्रोहले सम्बोधनलाई कुल्चेर अगाडि बढ्ने प्रब्ल सम्भावना देखिन्छ । दलका कार्यकर्ताहरु नेताहरका रैती हुन् भन्ने कुरा पुष्टि भइसकेको छ । दलका कार्यकर्ताहरुको अवस्था त अहिले हेर्दाखेर मात्र बलात्कारमा ताली बजाउँछन् भन्ने स्पष्ट छ ।
राजनैतिक दलका कार्यकर्ताहरु देउवा, ओली, प्रचण्डलाई राजनीतिबाट सन्यास लेउ भनेर आग्रह गर्दैछन् तर उनीहरु अझै ताण्डव नृत्य प्रस्तुत गर्दैछन् आफूलाई महादेव बनाएर । तर ती नेताहरुले आन्दोलनको पूर्व सध्यामा राजावादीहरुले गरेको मोटर साइकल ¥यालीले सत्ताधारीहरुको होस गुम भइरहेको छ । जन समर्थन आफ्नो पक्षमा भए स्वभाविक र स्वफूर्त भन्ने जनसमर्थन विपक्षमा गए द्धुस पैठ भभनेर आरोप लगाउने नेपाली राजनीतिको प्रवृति भइरहेको छ ।
गणतन्त्रवादीहरुले यति पनि बुझेनन् कि हाम्रै कारण जनता हाम्रा विरुद्धमा सडकमा उत्रिएका हुन् । नेताहरुले आम नागरिकलाई आफ्ना दास मनोवृत्तिका कार्यकर्ता सरह मान्न थाले र व्यवहार गर्न थाले, मुलुक र राज्य सत्तालाई वक्यौता सम्झन थाले । जसको कारण उनीहरुले नागरिकलाई रैती सम्झन थाले । रैतीबाट नागरिक भइसकेका जनतालाई फेरि दास वा रैती बनाउन खोजियो भने के हुन्छ ? त्यसैको परिणती हो अहिलेको आन्दोलन । सत्ताधारी प्रधानमन्त्री ओलीले राजावादीहरुलाई काठमाडौँबाट लखेट्नु भन्ने आदेश जुन जेठ पन्ध्र गतेको आन्दोलनलाई लक्षित गरेर दिए त्यो नै उनको लागि अभिसाप बन्नसक्छ ।
त्यो आन्दोलनमा सरिक भएकाहरु त नेपाली जनता हुन् । त्यो कुरा प्रधानमन्त्री ओलीलाई के थाहा ? न त कहिले ओलीले आन्दोलन गरेका छन्, न त आन्दोलनको नेतृत्व गरेका छन् । झापामा ढकाल बाजेलाई लुकेर काटेका पो हुन् त । आम्नेसाम्नेको लडाइमा मारेका हैनन् नि । चिरकाल पर्यत्न सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पेका राजाले समेत श्रीपेच असुरक्षित रहेको भनिरहेका छन् जनता त्यसकुरा प्रतिसहमत पनि भएका छन् ।
हिजो छ्यालिस सालको आन्दोलनमा पञ्चायतले बहुदलवादी आन्दोलनकारीहरुलाई भेडाको छाला ओडेका लामा भुत्ला भएका भनेर जसरी अपव्याख्या गथ्र्यो त्यस्तै अहिले गणतन्त्रवादीहरु पनि राजावादीहरुसँग तर्सिएर राजसंस्थालाई भुतप्रेतको संस्थाको संज्ञा दिएर नागरिकलाई असम्भव युद्धमा किन होमिएको भन्दै भित्रभित्रै त्राही छन् । तालु, ओठ, मुख सुकी सकेका छन् सत्ताधारीहरु अत्तालिरहेका छन् ।
उनीहरुलाई आदेश के हो भन्ने भ्रम भइसकेको छ । उनीहरु जहाँ देख्यो त्यही ठिक भन्ने वाला छन् । किनभने यो विनाशकाल हो । विनाशकाल आयो भने मति भ्रम हुन्छ रे, विनासकालमा बुद्धि विपरित हुन्छ रे । अन्तर राष्ट्रिय प्रजातन्त्र संघले पनि समर्थन जनाउँदै संघले राजावादी आन्दोलनमा गिरफ्तारीमा परेका नेताहरुलाई बिना सर्त रिहा गर्न आग्रह गर्दै गिरफ्तारीको विरोध समेत गरेको छ ।
जति लोकतन्त्र, गणतन्त्र अलापे पनि राजनैतिक दलहरुले हुर्मत लोकतन्त्र कै लिएका छन् गणतन्त्र कै लिएका छन् । नेपालको इतिहासमा अहिलेका शासकहरुभन्दा अलोकप्रिय शासकहरु सायद भए होलान् । तैपनि उनीहरुलाई लाज छैन उनीहरु आफूलाई सम्राट सम्झन्छन् । त्यति मात्रै कहाँ होर चक्रवर्ती समेत । आफूले त्यही कर्म वा त्योभन्दा कुकर्म गर्नेले त यस्तो र उस्तो भन्न सुहाउँदैन ।
आफू तानाशाह बन्न रुचाउनेले राजालाई ताना शाहको सम्बोधन गर्नु भनेको मैले तिमीलाई उछिन्दै छु भनेर संकेत गर्नु हो । हे, गणतन्त्रका अग्रगामीहरु तिमीहरुलाई जनताले त्यसै स्वीकारेका हैनन् । त्यसै अगुवा बनाएका हैनन्, किनभने तिमीले पनि जनताकै तागतमा रत्नपार्कको रेलिङ भाँचेका हौ । सिंहदरबार सदन पुनः स्थापना गरेको हो तिमीहरु कसैले औलो चाट्न दिँदा डुडलो निल्ने प्रवृतिका रहेछौ ।
त्यसैले तिमीहरुमा न त राष्ट्रियता देखियो न त राष्ट्रवाद नै । यी दुईवटा कुरा मनन् गर्न नसक्नेलाई मुलुकको नेतृत्व दिनु हुँदैन तिमीहरुलाई जति मौका दिए पनि आफूलाई सुधार्न हुँदैन । तिमीहरुलाई जति मौका दिए पनि आफूलाई सुधार्न सकेनौ । त्यसैले अब रुनुको अर्थ छैन । तिमीहरुले जति ग¥यौ जति खायौ । अब तिमी रुनुको पनि अर्थ छैन ।
जनताका त कुरै नगर तिम्रा झोले बाहेक अन्य कार्यकर्ताहरु पनि हामीलाई राजा आएर केही बिग्रदैन भन्न थालिसके अब भन तिम्रा ती दाशहरु मात्र रोएर के हुन्छ । जसमा केही सामथ्र्य छैन । सधै तिम्रो ¥याल मिसिएको पूरा ढुकिरहेका देखिन्छन् । त्यसैले जनताले संवैधानिक राजसंस्था फर्काइ हाले भने पनि तिम्रो बिग्रनेवाला केही छैन । तिमी रुनुको अर्थ पनि छैन ।
तिमीहरुलाई अवसर अभिसाप छ । त्यति मात्र कहाँ होर तिमीहरुलाई अवसर दिलाएर जनताले अभिसाप भोग्नु परेको छ त्यो तिमीहरुलाई थाहा छ ? तिमीहरुलाई त केवल तिम्रा झोले र दाशहरुको मात्र चिन्ता छ, साली र दिदि सासु तिरको चिन्ता छ । त्यही हराउँछ कि भन्ने सन्ताप मात्र छ, त्यसैले गणतन्त्रत अलाप मात्र छ ।