स्थापना दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण

गोरक्ष समाचारदाता
दाङ, १६ जेठ । स्वास्थ्य कार्यालय दाङले गणतन्त्र तथा प्रेस युनियनको स्थापना दिवसको अवसरमा तुलसीपुरमा नसर्ने रोग.को निःशुल्क स्क्रीनिङ तथा स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरेको छ ।

प्रेस युनियन दाङ तथा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाको व्यवस्थापनमा पत्रकार तथा अन्य नागरिकको नसर्ने रोगको निःशुल्क रूपमा प्रयोगशाला परीक्षण गरिएको थियो । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको स्वास्थ्य परीक्षण गरेर निःशुल्क स्क्रीनिङ शिविरको शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले जानकारी दिए ।

यसैबिच पूर्व मुख्यमन्त्री चौधरीले प्रेस युनियन दाङले आफ्नो ३४औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरेको पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण शिविरको पनि उद्घाटन गरे । गणतन्त्र दिवस तथा स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको शिविरमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तथा पूर्व मुख्यमन्त्री चौधरीले गणतन्त्रको संस्थागत विकासमा सञ्चार क्षेत्र अझै क्रियाशिल भएर अघि बढ्नु पर्ने सुझाव दिए ।

प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका नवनियुक्त विकास समिति अध्यक्ष महेन्द्र लामिछाने, प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतम, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियन केन्द्रीय सदस्य द्धय नारायणि रजौरे र चेतन रेग्मी, प्रेस चौतारीका सुधासुमन ढकाल, प्रेस सङगठनका राकेश बस्नेत, व्यवसायी जनकप्रसाद खराल, ऋणि भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उमा भण्डारीले गरेकी थिइन् ।