तुलसीपुर, १५ जेठ । तुलसीपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढीको निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
लायन्स क्लव अफ दाङ, लियो क्लव अफ तुलसीपुरको आयोजना तथा मेट्रो सिटि पोलिकिलनिक एण्ड डाइग्नोष्टिक सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको हाडजोर्नी तथा नसा रोग सम्वन्धी सेवा दिने उद्देश्यले सञ्चालन गरेको शिविरमा दुई सय २० जना विरामीहरुलाई उपचार सेवा दिएको लायन्स क्लव अफ दाङका सचिव कमल डिसीले जानकारी दिएका छन ।
लायन्स क्लव अफ दाङका अध्यक्ष गोरख वलीको अध्यक्षता तथा लायन्स क्लव इन्टरनेश्नल ३२५ एन का डिष्ट्रक गर्भनर विनोदकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाडजोर्नी तथा नसा रोग विशेष डा रुपेशमान शेरचनको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमसख अतिति गर्भनर श्रेष्ठले लायन्स क्लवले विभिन्न समाजिक सेवाहरु गदै आएको बताए ।
उनले विशेष गिरी शिक्षा स्वास्थ्य लगायत अन्य सामाजिक सेवा गर्ने भन्दै लायन्स क्लव दाङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि सेवा दिएकोमा धन्यवाद दिए । शिविरमा विभिन्न उमेर समुहका व्यक्तिहरुले सेवा लिएको र तिमध्य २५ प्रतिसतमा हर्डिमा समस्या देखिएको हाडजोर्नी तथा नसा रोग विशेष डा रुपेशमान शेरचनले जानकारी दिए ।
कार्यक्रममा त्रिशिद्धेश्वरी मन्दीर व्यवस्थापन समितिका उपाध्यक्ष घनश्याम उपाध्याय, मेट्रो सिटि पोलिकिलनिक एण्ड डाइग्नोष्टिक सेन्टरका सञ्चालक बसन्त योगी, झाँग्री ढुङ्गा खानेपानी तथा सरसफाई समितिका उपाध्यक्ष केशव सापकोटा, लियो क्लव अफ तुलसीपुरका सचिव गणेश भण्डारीलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण लायन्स क्लव दाङका सचिव कमल डिसीले गरेका थिए । शिविरमा सहयोग गर्ने सवैलाई धयन्यवाद लायन्स क्लव अफ दाङका अध्यक्ष गोरख वलीले दिएका थिए ।