दाङ, १५ जेठ । १८औं गणतन्त्र दिवसको अवसरमा घोराहीमा “विचार विमर्श” कार्यक्रम सम्पन्न भएको छ। शहीद स्मृति प्रतिष्ठान दाङद्वारा आयोजित उक्त कार्यक्रममा समसामयिक राजनीति तथा लोकतान्त्रिक गणतन्त्रका अवसर र चुनौतीबारे छलफल गरिएको थियो।
कार्यक्रम प्रतिष्ठानका जिल्ला अध्यक्ष अमरबहादुर खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसको केन्द्रीय विभागीय सदस्य वमबहादुर डिसी, प्राध्यापक केदार पाठक र डा. कृष्णराज डिसीले प्रस्तुत विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव, चुनौती र समसामयिक राजनीति विषयमा गम्भीर छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि वद्रि खड्का, कृष्ण गिरी, आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य होमबहादुर शेरचन, दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मा, घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दाङका वरिष्ठ उपाध्यक्ष भरत पाण्डे, प्रतिष्ठानका कोषाध्यक्ष रामबहादुर के.सी., शिक्षक नेता टंक झवाली, अमर डाँगीलगायतको उपस्थिति रहेको थियो।
।