भुवन पोख्रेल
दाङलाई समृद्ध बनाउनका लागि बहुआयामिक रणनीति र दीर्घकालीन योजना आवश्यक छ । दाङको सामाजिक, आर्थिक, सांस्कृतिक समृद्धलाई योगदान गर्न विभिन्न उपायहरु छन् । आज त्यही उपायहरुको चर्चा गर्दैछु । कृषि र खाद्य उत्पादनको आधुनिकीकरण गरी दाङको दिगो विकास गर्न सकिन्छ यसका लागि नाराले मात्र हुँदैन ।
दाङको उर्वरभूमिलाई पूर्ण रुपमा उपयोग गर्नका लागि सिँचाइ सुविधा विस्तार र आधुनिकीकरणमा सबै पक्ष लागि पर्नुपर्छ । राप्ती नदी, बबई नदी आदि जलस्रोतको उपयोग गरी बाह्रै महिना सिँचाही सुविधा सुनिश्चित गर्न सकिन्छ । कृषि पेसालाई परम्परागत ढंगले मात्र नभई आधुनिक कृषि प्रणाली र प्रविधिको प्रयोग गर्नुपर्छ । जैविक खेती, हाइव्रिड बिउ र रासायनिक मलको सट्टा प्राकृतिक मल र अर्गानिक खेती गर्न प्रोत्साहन गर्नुपर्दछ ।
कृषकलाई तालिम र प्राविधिक सहयोग प्रदान गर्न सकिन्छ । दाङमा उत्पादित धान, गहुँ, मकै, तरकारी र फलफूलका लागि स्थानीय र क्षेत्रीय बजार व्यवस्थापन गर्नुपर्छ । कोल्ड स्टोरेज र प्रशोधन केन्द्र स्थापना गर्नाले उत्पादनको आयु र मूल्य बढ्छ । कृषि पर्यटन, जैविक खेती र स्थानीय उत्पादनसँग जोडिएको कृषि पर्यटनको विकास गरी अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।
औद्योगिक विकास गरी दाङलाई आर्थिक हिसाबले समृद्ध दाङ भनी चिनारी गराउन सकिन्छ । स्थानीय स्रोतमा आधारित उद्योगबाट बढी मुनाफा लिन सकिन्छ । दाङमा जडीबुटी, काठ र खनिज स्रोतमा आधारित उद्योगहरु स्थापना गर्न सकिने सम्भावना गर्ने उद्यमीहरुलाई सहुलियत ऋण, तालिम र बजार पहुँच प्रदान गर्न सकियो भने केही हदसम्म रोजगारीका अवसर पनि सिर्जना गर्न सकिन्छ । घोराहीमा विशेष आर्थिक क्षेत्र वा औद्योगिक पार्क स्थापना गर्नाले ठुला लगानी आकर्षित गर्न सकिन्छ ।
दाङको आर्थिक समृद्ध र विकासको ढोका खोल्ने अर्को गतिलो र दरिलो आधार पर्यटन प्रवद्र्धन पनि मानिन्छ । यहाँ धार्मिक र सांस्कृतिक पर्यटनको सम्भावना देखिइसकेको छ । दाङको रिहार, पाण्डवेश्वर मन्दिर धारापनी, चौघेरा, अम्बिकेश्वरी, दह जस्ता धार्मिक स्थलहरुको संरक्षण, सम्वद्र्धन र विकास गरी व्यवस्थिति बनाउन सके दाङलाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । दाङ भएर जाने स्वर्गद्वारी मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नु पर्ने देखिन्छ ।
प्राकृतिक पर्यटन, दाङको राप्ती नदी, जंगल र जैविक गतिविधिताको उपयोग गरिएको टुरिजम र एडभेन्चर टुरिजम जस्तै राफ्टिङ, डेकिङको विकास गर्न सकिन्छ । हाम्रो दाङ हाम्रो जिम्मेवारी हो दाङबासी नै दाङको विकासमा हातेमालो गर्दै अघि बढ्नु पर्छ । दाङको विकास अरु आएर गरिदिने हो र हामीले आरोप प्रत्योरोपमा समय खर्च गरेर, बहस र विचार विमर्शले मात्र दाङ बन्दैन, दाङ बनाउन दाङबासीको भावनात्मक एकताको खाँचो छ । पर्यटकीय पूर्वाधार, टोटल, रिसोर्ट र स्थानीय संस्कृतिमा आधारित होमस्टेहरुको अझ व्यवस्थापन र विकास गर्नकालाई घोराही नगरपालिकाले अनुगमन र मापदण्ड निर्धारण गर्नु पर्ने छ ।
विकास र समृद्धिको आधार शिक्षा हो त्यो पनि सिप, दक्षता र गुणस्तरीय शिक्षा आज आवश्यक छ । दाङ जिल्लालाई लुम्बिनी प्रदेशको राजधानी भएको हुनाले शिक्षको हब बनाउनु पर्ने देखिन्छ । दाङबासी झोला बोकेर उच्च शिक्षाको लागि काठमाडौँ, बुटवल लगायतका जिल्लामा जाने प्रचलनको अन्त्य गर्ने गरी शैक्षिक संस्थाहरुको गुणस्तरमा ख्याल राख्नु पर्छ ।
गुणस्तरीय शिक्षाका लागि दाङमा विश्वविद्यालय, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक शिक्षालय, व्यावसायिक तालिम केन्द्रहरुमार्फत् युवाहरुलाई सिपमूलक शिक्षा प्रदान गर्न सकियो भने युवा स्वरोजगार अभियानलाई अघि बढाउन सकिन्छ । सिपम विकास कार्यक्रमलाई विस्तार गर्नका लागि स्थानीय स्तरमा युवाहरुलाई कम्प्युटर, डिजिटल मार्केटिङ। मेकानिकल र कृषि प्राविधिक तालिमहरु सञ्चालन गर्न सकियो भने युवा रोजगार सिर्जना गर्न सकिन्थ्यो । दाङलार्य प्राविधिक हव बनाउन दाङलाई सूचना प्रविधि (क्ष्त्) हवको रुपमा विकास र विस्तार गर्नका लागि स्टार्टअप र इनोभेसना सेन्टर स्थापना गर्नुपर्छ ।
दाङलाई समृद्ध र दाङबासीलाई सुखी बनाउन पूर्वाधारको विकासमा सबै नागरिक एकजुट भएर लागि पर्नुपर्छ । सडक र यातायातले दाङलाई तराई पहाड जोड्ने तथा यातायातको केन्द्र बनाउन सडक सञ्जाल विस्तार र सडकको स्तरोन्नति गरिनुपर्छ । घोराही, तुलसीपुरको सडकखण्ड यथाशीघ्र फोरलेन बनाउनुपर्छ । दाङदेखि स्वर्गद्वारी जाने सडकको पनि स्तरउन्नती तथा विस्तार गनुपर्छ । अन्य ग्रामीण सडकहरुको पनि सुधार गर्दा बजारमा गाउँलाई जोडेर ग्रामीण उत्पादन सहजै सहरमा पुग्ने र सहरका उत्पादन गाउँ–गाउँमा पु¥याउन सहज हुन्छ ।
ग्रामीण क्षेत्रमा सडक र यातायात मात्रले मात्र दाङ समृद्ध बन्न सक्दैन । दाङलाई समृद्ध बनाउनका लागि विद्युत र इन्टरनेटको सुविधामा ग्रामीणबासीको पहुँच पु¥याउन जरुरी छ । अहिलेको युग विज्ञा र प्रविधिको युग हो । विकासको पूर्वाधार भित्र डिजिटल प्रविधि पनि पर्दछ । तसर्थ आजको आवश्यकता भनेको डिजिटल डिभाइडलाई कम गर्नु हो । ग्रामीण क्षेत्रमा भरपर्दो विद्यतु तीब्रगतिको इन्टरनेट सुविधा हुनुपर्छ ।
गाउँको विकास भयो भने मात्र समग्र दाङको विकास र समृद्धिको सपना साकार हुन्छ । सुविधा सहर केन्द्रित भइदिँदा गाउँहरु रित्तिदै छन् सहरमा बाक्लो बस्तीले सहर व्यवस्थित बन्न सकिएको छैन । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता सहर केन्द्रित बन्नुको साटो गाउँ–गाउँमा विस्तार गरिनुपर्छ । गुणस्तरीय अस्पताल र स्वास्थ्य केन्द्रहरुको स्थापना र विस्तार गरिनुपर्छ ।
दाङमा धार्मिक, जातीय, सांस्कृतिक विविधता छ । स्थानीय संस्कृतिको संरक्षण गरी दाङको विकास गर्न सकिन्छ । दाङमा थारू जातिको मँैलिक संस्कृति र कला तथा परम्परा छन्, त्यही परम्परालाई संरक्षण सम्वद्र्धन, विकास र नयाँ पुस्तामा हस्तान्तरण गर्न सकियो भने समग्र दाङको विकास गर्ने सम्भवनाका ढोका खुल्दछन् । संस्कृति र परम्परालाई संरक्षण र प्रवद्र्धन गर्न संग्रहालिय, सांस्कृतिक मेला र उत्सवहरु आयोजना गर्न सकिन्छ ।
वातावरण संरक्षण गरी दाङको दिगो विकासका लागि हामी दाङबासी सचेत हुनुपर्छ । दाङमा लगभग ५ वटा सिमेन्ट उद्यागे सञ्चालनमा रहेका छन् । यी उद्योगहरुको स्थानीय सरकार, प्रदेश सरकारबाट बेला–बेलामा अनुगमन, नियमन र मापदण्ड निर्धारण गर्नु आवश्यक छ । यी उद्योग सञ्चालन भएर दाङबासीले प्रदुषण मात्र थेग्नेकी दाङबासीलाई अवसर पनि दिने त्यो बारेमा उद्योग सञ्चालकहरुलाई सचेत र सर्तक बनाउनु पर्छ । दाङबाट बढ्दो सिमेन्ट उद्योग सञ्चालनको परिणाम टिप्पर आतंक बढ्दो छ, सडकहरुको अवस्था कमजोर बनेको छ, दाङका चुरेहरुका चुन ढुंगा रितिइरहँदा भोलिका पिढीहरुले बाढी पहिरोको समस्या पनि भोग्नु पर्ने होकि यसमा सबै पक्ष गम्भीर भएर सोच्न ढिला भइसकेको छ ।
उद्योगबाट निस्किने धुलाका कणहरुले कृषि उत्पादनमा पनि गम्भीर असर परेको छ र नजिकैका बस्तीहरुमा ध्वनी प्रदुषण पनि बढेको छ । यसबारे स्थानीय बासीहरुले उद्योग सञ्चालकलाई पटक–पटक ध्यानाकर्षण गर्दा पनि प्रदुषण कम गर्न उद्योग सञ्चालकले केही पनि स्तर उन्नती गरेको छैन । स्थानीय जनताको मात्र हैन सम्पूर्ण दाङबासीको स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हकको हनन भइरहँदा स्थानीय सरकार र प्रदेश सरकारले केही पनि उद्योग नियमन र अनुगमण तथा मापदण्ड निर्धारणमा एक्सन लिन सकिरहेको छैन । स्थानीय जनताको स्वास्थ्यको मात्र नभई समग्र दाङबासीहरुको स्वच्छ हावा लिन नपाई क्षयरोगका सिकार भइरहँदा पनि हामी अझै गम्भीर बन्न नसक्नुलाई विडम्बना ठान्नुपर्छ ।
स्वच्छ वातावरणका लागि हामी दाङबासी एकजुट भई वन जंगल, जैविक विविधता र जलस्रोतको संरक्षण गर्नुपर्छ । राप्ती नदीको प्रदुषण कम गर्दै, जलस्रोतको संरक्षण गर्नुपर्दछ । राप्ती, बबर्य नदीको प्रदुषण नियन्त्रण, मुहानको संरक्षण र वृक्षारोपनलाई प्राथमिकता दिनु आवश्यक छ । नवीकरणीय उर्जा, सौर्य उर्जा र वायो ग्यास जस्ता नवीकरणीय उर्जा स्रोतको उपयोगलाई प्रोत्साहन गर्नुपर्दछ । दाङको समृद्धि र विकासका लागि स्थानीय सरकारको भूमिका पनि प्रवल देखिन्छ ।
नीति र योजना, स्थानीय सरकारले दीर्घकालीन विकास योजना बनाई कार्यान्वयन गर्नुपर्छ । निजी क्षेत्र र सामुदायिक साझेदारलाई प्रोत्साहन गर्नुपर्छ । लगानीमैत्री वातावण नुहँदा अहिले व्यवसायीहरु धरापमा परेका छन् । कर छुट, सहज प्रशासनिक प्रक्रिया र लगानीमैत्री नीतिहरु बनाउन सक्नुपर्छ । उद्योगी, व्यवसायी तथा व्यापारीको हितमा स्थानीय सरकारले नीति तथा योजनाहरु निर्माण तथा कार्यान्वयन गरी व्यापार, व्यवसाय गर्न प्रोत्साहन गर्न सक्नुपर्छ ।
दाङलाई समृद्ध बनाउन कृषिमा आधुनिकीकरण गरी हरित अर्थतन्त्रको विकासमा जोड दिनुपर्छ । उद्योग, पर्यटन उद्योग, शिक्षामा आधारित एकीकृत दृष्टिकोण आवश्यक छ । स्थानीय स्रोत र समुदायको सहभागितालाई प्राथमिकता दिँदै सहभागितामूलक विकास र एकीकृत विकासका आयामहरुलार्य प्रोत्साहन गर्नुपर्छ । जनकेन्द्रित विकासको ढाँचाबाट स्थानीय तहका बासिन्दा आजित र हैरानी तथा सास्ती खेपिरहेको परिस्थितिमा स्थानीय सरकारले जनकेन्द्रित विकासलाई प्रोत्साहन गर्नुपर्छ र सहभागीतामूलक विकास प्रक्रिया अघि बढाउनु पर्छ । सरकारी, निजी तथा सहकारी तीन खम्बे नीतिलाई सहकार्य गरी दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्छ ।
दाङको कृषिा क्षेत्रलाई समृद्ध बनाउनका लागि सिँचाइ प्रणालीको विस्तार र आधुनिकीकरणलाई जोड दिनुपर्छ । राप्ती नदी, बबई नदी र अन्य साना खोलाहरुबाट सिँचाइका लागि नहर लिफ्ट सिँचाइ र ड्रिप इरिगेसन प्रणाली विकास गर्नुपर्दछ । बाह्रै महिना सिँचाइ सुविधा सुनिश्चित गर्न सक्यौ भने उत्पादनमा वृद्धि हुन्छ । वर्षाको पानी संकल गर्न साना जलासय र पोखरी निर्माण गर्नुपर्दछ । जसले सुख्खा मौसममा सिँचाइमा सहयोग पुग्दछ । दाङको घोराही–४ मा जलासय सरे ड्रायम छरछरे ड्रायम, अमरी सोता ड्रयाम र घोराही कुमाचेपे ड्राम जस्तो बनाउने, सौर्य उर्जा सिँचाइ, सौर्य उर्जाबाट सञ्चालित पम्पहरु प्रयोग गरी सिँचाइ लागत घटाउन सकिन्छ ।
उन्नत बिउ र प्रविधि, उच्च उत्पादन दिने र रोग प्रतिरोधी बिउ जस्तै हाइब्रिड धान, मकै, तरकारीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्दछ । स्थानीय अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरी दाङको माटो र हावापानी सुहाउँदो बिउ विकास गर्न सकिन्छ । जैविक खेती ः रासायनिक मल र किटनाशकको सदा जैविक मल र प्राकृतिक किटनाशकको प्रयोगलाई बढावा दिनुपर्छ । कम्पोष्ट उत्पादन केन्द्र संस्थापन गर्न सकिन्छ । साना तथा मझौला कृषकलाई ट्याक्टर थे्रसर र अन्य आधुनिक कृषि उपकरणमा सहुलीयत प्रदान गर्नुपर्छ । सामुदायिक उपकरण भाडा केन्द्र स्थापना गर्नाले सबैको पहुँच हुन्छ ।
कृषिमा विविधीकरण गर्ने जस्तै उच्च मूल्यका बाली सुन्तला, कागती, आँप, लिची, मसला बाली जस्तै अदुवा, बेसार, धनिया, लसुन, प्याज र जडीबुटी खेतीलाई प्रोत्साहन गर्नुपर्छ । यी बालीले राम्रो बजार पाउँछन् । दाङमा मौरी पालन, पशुपालन, मत्स्यपालनसँग जोडिएका डेरी र हुयाचारी उद्योग स्थापना गर्न सकिन्छ । यस्ता उद्योगको स्थापना गरेर मात्र हुँदैन । कृषि बजार र मूल्य श्रृंखलाको विकास गर्नुपर्छ । तरकारी, फलफूल र अन्न भण्डारणका लागि कोल्ड स्टोरेज र प्रशोधन केन्द्र ।
जस्तै जुस, अचार र चक्की उत्पादन स्थापना गर्नुपर्छ यसले उत्पादनको आयु र मूल्य बढाउँछ । हाटबजार र सहकारीमार्फत् कृषकलाई बजारसम्म सिधा पहुँच दिँदा विचौलियाले नाफा खाने सम्भावना घट्छ । मध्यस्थकर्ताहरुको प्रभाव घटाउन डिजिटल बजार प्लेट फर्म । जस्तै मोवाइल एफको विकास गर्न सकिन्छ । निर्यातमुखी बजार अनुसन्धान र समन्वय गर्नुपर्छ । कृषक तालिम र प्राविधिक सहयोगका लागि कृषि तालिम केन्द्र दाङमा कृषकहरुका लागि नियमित तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ, जसमा माटो परीक्षण, बिउ छनोट र रोग व्यवस्थापनका विषय समावेश हुनुपर्छ ।
प्रत्येक गाउँपालिका र नगरापलिकामा कृषि प्राविधिकहरु उपलब्ध गराउनुपर्छ । जसले किसानलाई प्रत्यक्ष सल्लाह र सहयोग प्रदान गर्न सकून । महिला र युवाहरुलाई कृषिमा आकर्षित गर्न विशेष तालिम र स्टार्टअप सहयोग प्रदान गर्नुपर्छ । कृषि अनुदान र वित्तीय सहयोगले पनि कृषिमा आर्कषण गर्न सकिन्छ । कृषकलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । बिमा योजना व्यापक बनाउनुपर्छ । प्राकृतिक प्रकोप र बजार जोखिमबाट कृषकलाई जोगाउँछ । कृष पर्यटन र स्थानीय ब्रान्डिङ गर्नुपर्छ । वातावरणमैत्री र दिगो कृषिलाई प्रवद्र्धन गर्नुपर्छ । वार्षिक बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्छ ।