दाङ,१३ जेठ। नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन दाङले दिप प्रज्ज्वलन गरेको छ । युनियन दाङले घोराही, लमही र तुलसीपुरमा दिप प्रज्वलन गरेर मनाएको हो ।
स्थापना दिवसका अवसरमा घोराहीस्थीत बिपी चोक, तुलसीपुरको बिपी चोक र देउखुरीको लमहीमा दीप प्रज्ज्वलन गरिएको छ । यसैबिच नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दाङ क्षेत्र नं. १ क्षेत्रीय समितिले लमहीमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम युनियनका सल्लाहकार दुखहरण यादवको अध्यक्षता तथा नेपाली कांग्रेस दाङ–१ का सभापति भेषराज पाण्डेको प्रमुख आतिथ्यता एवं पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममानेपाली कांग्रेस दाङ–१ का सभापति भेषराज पाण्डेले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनहरूमा अझ एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुरक्षाकर्मी, शिक्षक, औषधि व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रेस युनियन दाङक सदस्य प्रिया स्मृती गजमेरले गरेका थिए ।